काठमाडौँ, थाइल्याण्डमा जारी महिला टि–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आइतबार थाइल्याण्डसँग भिड्ने भएको छ ।
बंैककको ट्रेडथाइ क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
अर्को सेमिफाइनल खेलमा आयोजक थाइल्याण्डले युनाइटेड अरब इमिरेट्स(युएई)लाई ४९ रनले पराजित गरी फाइलन प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९१ रन बनायो ।
उसका लागि चानिन्दा सुटिरुङले सर्वाधिक १४ रन बनाइन । नारुमोल च्वाइवाइले १२, नाटाकान चानतमले ११ रन तथा नाट्या बोचातम र सुलीपोर्न लाओमीले समान १०÷१० रन बनाए ।
बयानब्बे रनको विजय लक्ष्य पछ्याएको युएई १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ४२ रनमा समेटियो । युएर्ईका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । थाइल्याण्डकी सुलीपोर्न लाओमीले चार तथा चानिन्दा सुटिरुङले तीन विकेट लिइन ।
नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो । समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले, तेस्रो खेलमा युएर्ईलाई छ विकेटले तथा चौथो खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ