सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत

प्रकाशित समय: शुक्रवार, ०७ : ३१ बजे माघ ४ गते



तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौँ,  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।

 

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

 

आइओसीले १५÷१५ दिनमा पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । आइओसीले यही माघ २ गते पठाएको पछिल्लो मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ पैसा र डिजेलमा ०.४५ पैसा वृद्धि भएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

 

उक्त मितिमा निगमको नाफा ऋणात्मक रहेको छ । करीब डेढ महीनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले खरिद मूल्यमा कमी आई यही माघ २ गते प्राप्त मूल्यअनुसार समेत रु एक अर्ब छ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ ।