वासिङटन, संयुक्त राज्य अमेरिका, ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले चीन–अमेरिकाबीच रहेको व्यापार विवाद वार्ताबाट सकारात्मक दिशामा गएको तर समस्याको ‘व्रेकथु्र’ नै भैनसकेको बताउनुभएको छ ।
हामीले बेइजिङमा भएको उप–मन्त्रीस्तरीय वार्ताबाट चीन विवादमा केही प्रगति गरेका छौँ, राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा राष्ट्रिय आर्थिक परिषद्का निर्देशक कुड्लाले अमेरिकी टेलिभिजन फक्स विजिनेसलाई बताउनुभएको उक्त सञ्चारमाध्यमले जनाएको छ ।
तर उहाँले थप्नुभयो, “केही पनि समाधान भएको छैन, कागजमा केही सम्झौता भएको छैन ।” “सहमतिबारे आएका हालैका समाचारहरू सही होइनन्,” उहाँले थप्नुभयो ।
बेइजिङले विगत पाँच बर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको भन्ने ब्लुमवर्गको समाचारलाई खण्डन गर्नेगरी आएको हो ।
अमेरिकाले व्यापार विवाद सुल्झाउन यसै महिना आफ्नो प्रतिनिधिमण्डललाई बेइजिङ पठाएको थियो । (रासस÷एएफपी)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ