सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

शाखा प्रबन्धहरुलाई तालिम

प्रकाशित समय: शनिवार, ०९ : ३९ बजे माघ ५ गते



 शाखा प्रबन्धहरुलाई तालिम

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय सस्थाले शाखा प्रबन्धहरुलाई तालिम सम्पन्न गरेको छ ।

 

सस्थाले बट्टार नुवाकोट, मनमैजु काठमाडौं र खैरेनीटार तनहु अनुगमन कार्यालय अन्तर्गतका शाखा कार्यालयका प्रबन्धकहरुलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले शाखा ब्यवस्थापनबारे तालिमको आयोजना गरेको हो ।

 

काठमाडौं स्थित बागबजारको होटेल हार्दिकमा दुइ दिने तालिम शनिबार सम्पन्न गरेको छ । उक्त तालिमको समापन गर्नुहुदै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले सर्वसाधारणमा पहुँच वृद्धि र विस्तारका लागि वित्तिय संस्थाले महत्वूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो , साथै उहाले वित्तीय साक्षरताको कार्यक्रम तथा सामाजिक उत्तरदायित्वको कार्यक्रम तथा तालिम समय सापेक्ष निरन्तर रहने र तालिमले अधिकतम परिचालन गर्न समेत मद्दत गर्ने बताउनु भयो ।

 

कार्यक्रममा मेरोमाइक्रोफाइनान्स बित्तीय संस्थाका निमित्त नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, योजना, अनुगमन तथा सुपरिवेक्षण बिभाग प्रमुख राजु पुडासैनी, बित्त बिभाग प्रमुख बद्री अधिकारी, कर्जा बिभागका उमेश मान डङ्गोल तथा मानव संसाधन तथा संचालन बिभागका रामकुमार सुवेदी तथा विभिन्न बिभागिय प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

तालिममा माईक्रोफाइनान्स वित्तीय संस्थाका लागि सेवाग्राहीमा स्तरोन्नति लगायतका थुप्रै चुनौतीका विषयमा गहन छलफल र अध्ययन सम्बन्धि तालिम दिइएको जनाइएको छ । कार्यक्रममा कर्जा, लगानी तथा संस्थाको निति नियम सेवा सुबिधाको बारेमा प्रशिक्षण दिइएको थियो ।

 

प्रशिक्षक दोय मेघराज गजुरेल र तिर्थ रत्न कोनाजुले समय ब्यवस्थापन, बित्तीय बिश्लेषण , खराब कर्जा असुली रणनीति तथा नेतृत्व बिकास जस्ता महत्त्वपूर्ण बिषयमा प्रशिक्षण दिइएको सस्थाले जनाएको छ ।

 

गत कात्तिक ९ सम्पन्न छैटौं वार्षिक साधारण सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । सोही अनुसार अहिले प्रक्रिया अघि बढाइएको हो । सोही साधारण सभाले १५% बोनस सेयर र ११.३२% नगद लाभांस समेत वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो । त्यस्तै सस्थाले जारी गर्न लागेको हकप्रदलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ ।

 

सस्थाले जारी गर्न लागेको ३२ करोड ८९ लाखको हकप्रद निष्कासनलाई इक्रा नेपालले औषतभन्दा तल आधारहरु जनाउने आईपीओ ग्रेड ४ प्लस प्रदान गरेको छ । हाल मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरी देशका ४८ जिल्लामा ८६ शाखा कार्यालय मार्फत वित्तीय साक्षरता सहित लघुवित्त सेवा प्रदान गरिरहेको छ ।