वासिङ्टन, अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उहाँले पनि उम्मेदवारी घोषणा गर्नुभएको हो ।
अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उहाँले बताउनु भएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उहाँले उम्मेदवारी घोषणा गर्नु भएको समाचारमा जनाइएको छ । सान फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि हुनु भएकी उहाँ दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो ।
त्यो कार्यकाल उहाँको २०११ देखि २०१७ सम्म थियो । अमेरिकाको अन्त्यधिक जनसंख्या भएको यस राज्यमा उहाँ कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुनुहुन्छ ।
उहाँ भारतीय तामिल समुदायकी छोरी हुनुहुन्छ । अमेरिकाको इतिहासमा उहाँ दोस्रो अश्वेत महिला सिनेटर हुनुहुन्छ । पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन हुनुहुन्थ्यो ।
अमेरिकामा झण्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । (रासस÷एएफपी)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ