ललितपुर, ललितपुर जिल्लाको अतिदुर्गम क्षेत्रमा रहेको गाउँ हुच्चिटारमा ठूलो धनराशिको खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। महांकाल गाँउपालिका वडा नम्बर ६ ठुलादुर्लुङमा रहेको हुच्चिटार युवा क्लवले आयोजना गरेको खेल माघ ७ गते सम्पन्न भएको हो।
ललितपुर जिल्लाको दक्षिण तर्फ लगनखेलबाट करिब ८५ किलोमिटर टाढा मकवानपुर र काभ्रे जिल्लाको सिमानामा पर्ने हुच्चिटार गाउँमा भएको खुल्ला भलिबल प्रतियोगितामा ललितपुर, काभ्रे र मकवानपुर गरी १३ वटा टिमले भाग लिएका थिए।
अति दुर्गम क्षेत्रमा भएको खुल्ला भलिबल प्रतियोगितामा सालधारा खानिखोला -६ (A ) काभ्रे पहिलो, लक्की स्टार क्लब, बुङ्मती ललितपुरले दोस्रो स्थान हासिल गरेको थियो। त्यस्तै हुच्चिटार युवा क्लव (अायोजक) र बनखु -६ महाभारत गाउँपालिका काभ्रे तेस्रो हुनपुगे। विजयी टिमले प्रथम ५० हजार द्वितीय ३० हजार र तृतीय हुने टिम १५/१५ हजार नगदसहित पुरस्कृत भए।
.jpg)
तीन दिन सम्म चलेको खेलमा भलिबलका राष्ट्रीय रेफ्री बिजय बादे, क्षेत्रीय तथा प्रादेशिक रेफ्री धिरेन्द्र चौधरी, राज कुमार घलान, सुरेश केसी र टेक थोकरले प्रतियोगिता अवधिभर रेफ्री गरेका थिए।

कार्यक्रम खेलकुद संयोजक कमल स्याङतानको संयोजकत्वमा सम्पन्न खेलमा बिजयी टिमहरुलाई कार्यक्रमका प्रमुख अतिथी पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा, विशिष्ट अतिथि राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं महासमिति सदस्य मीनकृष्ण महर्जन, विशिष्ट अतिथि महासमिति सदस्य ऋषिराम घिमिरेले सयुक्तरुपमा नगद पुरस्कारसहित ट्रफी, प्रमाणपत्र वितरण गरेका थिए।
.jpg)
कार्यक्रममा महांकाल गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम कृष्ण आचार्यले हुच्चिटार युवा क्लबले दुर्गम गाउँमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेर गाउँकै नाम र सान बढेको बताए।
ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय उपसभापति रामकृष्ण लामा (इन्द्र)ले आयोजक क्लबको प्रशंसा गर्दै आउँदा दिनहरुमा पनि खेलाडी र आयोजकलाई आफ्नो तर्फबाट सक्दो सहयोग रहने वचनबद्धता व्यक्त गरे।

विशिष्ट अतिथि राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका महासमिति सदस्य मीनकृष्ण महर्जनले यस्तो दुर्गम गाउँमा कार्यक्रम गर्नुले आफू हर्षित भएको बताए। उनले आफू सानैदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेको र राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष रहँदा स्थानीयस्तरमा क्लब निर्माण गर्दै खेलकुद सामग्री उपलब्ध गराएको बताए। उनले खेलकुद क्षेत्रको समग्र विकासका लागि आफु सदैव सहयोग गर्न तयार रहेको उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथी पूर्वअर्थ राज्यमन्त्री उदय शमशेर राणाले विजयी टीम र खेलाडीहरुलाई शुभकामना दिँदै विगतका वर्षहरुदेखि नै आफू यसक्षेत्रको समाजसेवामा लागेकाले समग्र दक्षिण ललितपुर विकासकालागि सधै सक्रिय रहने बताए।
उनले अतिदुर्गम रहेको यस क्षेत्रको बिकासका लागी वडा र गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराए। खेलकुदको प्रसंगमा बोल्दै पूर्वमन्त्री राणाले राज्यले खेल जगतलाई कम बजेट छुट्याएर अपहेलित गरेको बताए। उनले युवा तथा खेलाडीहरूको ध्यान जाने खेलकुद क्षेत्रमा सरकारले पर्याप्त मात्रामा लगानी गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कोन्ज्योसोम गाँउपालिका वडा नं ३ का तिलक बोम्जन,वडा नं ४ का तिर्थ बहादुर घलान, गोदावरी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मिलन सिलवाल, महांकाल गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष खोम प्रसाद दहाल, नेपाली काँग्रेस ललितपुरका जिल्ला सदस्य प्रभाकर पोखरेल,वशिष्ठ अधिकारी, क्षेत्रीय कोषाध्यक्ष शेखर न्यौपाने, गोदावरी नगर संयोजक सुरज श्रेष्ठ,उसु तथा किक बक्सिङका राष्ट्रिय च्याम्पियन खेलाडी निकेश लगायतको उपस्थिति रहेको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ