सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

'लुट २' हिट तर ऋचा शर्मा ?

..
प्रकाशित समय: बिहिवार, ०३ : ४३ बजे बैशाख २१ गते



'लुट २' हिट तर ऋचा शर्मा ?

 नायिका ऋचा शर्मा प्रत्येक फिल्ममा फरक-फरक भूमिका निर्वाहा गर्न रुचाउँछिन् । ‘टलक जंग भर्सेस टुल्के’ देखी 'को आफ्नो' मा उनले निर्वाहा गरेको भूमिकाको चौतर्फी तारिफ भएको थियो । अभिनय दमदार हुँदा-हुँदै पनि ऋचा शर्माको करिअरले अहिलेसम्म राम्रोसँग पिकअप लिन भने सकेको छैन् । फिल्ममा अभिनय गरेको भूमिकाको चर्चाले ऋचा मज्जैले अघाएकी छिन् तर फिल्म हिट नहुँदा जतिनै अभिनयको चर्चा हुँदा पनि त्यसबाट खासै प्रतिफल भने उनले हात पार्न सकेकी छैनन् ।
 
म्युजिक भिडियोबाट अभिनय यात्रा शुरु गरेकी नायिका शर्माको पहिलो फिल्म 'फष्ट लभ' हो । नेपाली फिल्ममा ८ वर्ष विताइसकेकी रिचा शर्माले फ्रान्समा ६ महिना अभिनय प्रशिक्षण समेत लिएकी छिन् । लगातार आफु अभिनित फिल्महरु फ्ल्पको सूचीमा दर्ता हुँदै गर्दा उनले आफ्नै लगानीमा एक फिल्म समेत निर्माण गरेकी छिन्, 'आधा लभ' । अर्पण थापाले निर्देशन गरेको यो फिल्मको अहिले पोष्ट प्रोडक्सनको काम भैरहेको छ । आफुले अभिनय गरेका फिल्महरु एकपछि अर्को असफल हुँदै गर्दा फिल्म निर्माणमा समेत होमिएकी ऋचालाई 'आधा लभ' ले कत्तिको सफलता देला ? अब यसको प्रतिक्षा त हर कोहिँलाई छ ।