सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

सन्दीप लामिछाने एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान

प्रकाशित समय: मगलवार, ०१ : ३७ बजे आश्विन ९ गते



सन्दीप लामिछाने एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान

काठमाडौं । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । सन्दीपविरुद्ध लागेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबार स्थगित भएको थियो ।

 

एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि सुरु हुँदै छ । टी—२० ढाँचामा खेलाइने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्नेछ । काठमाडौँ जिल्ला अदालतमा आफूविरुद्ध मुद्दा चलिरहे पनि सन्दीपले यसअघि जिम्बाबेमा एकदिवसीय विश्वकपको छनोट तथा पाकिस्तान र श्रीलङ्कामा एसिया कप क्रिकेट खेलेका थिए ।

 

सन्दीपसँगै अर्का स्पिनर सागर ढकाल पनि मंगलबार नै एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरेका छन् । उनी अभ्यासका क्रममा घाइते भएका ललित राजवंशीको स्थानमा एसियाली खेलकुदको लागि टोलीमा परेका हुन् ।