बुटवल, बुटवल उपमहानगरपालिकाले एक परिवार, एक रोजगार÷स्वरोजगार कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम प्रदान गरेको छ ।
‘मेयर युवा इलम’ नामको कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई इलम प्रदान गरिएको हो । इलम सिकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
नगर प्रमुख सुवेदीले शुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमूना र स्वागतयोग्य कार्यक्रम मानिएको बताउनुभएको छ । सीप विकास तालीम केन्द्रमार्फत युवालाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत, प्लम्बिङ र फेशन डिजाइनरसम्बन्धी सीप सिकाइएको थियो ।
कुक तालीम लिएका ८०, एसी तथा रेफ्रिजेरेटर मर्मत तालीम लिएका ४६, प्लम्बिङ तालीम लिएका १२ र फेशन डिजाइन तालीम लिएका ९४ लाई सीप सिकेको प्रमाणपत्र प्रदान गरिएको छ । उपमहानगरपालिकाले शुरु गरेको यो अभियानमा यस क्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रले सहकार्य गरेका छन् ।
तालीम लिन इच्छुकको विषय छानेर तिनै तालीम प्रदायककोमा पठाइएको र कम्तीमा तीन महीना तालीम दिइएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । सीप सिकेका युवालाई रोजगारीका लागि रोजगादातासँगको समन्वयमा अर्को चरणको कार्यक्रमसमेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।
विभिन्न विषयमा तालीम लिएका प्रशिक्षार्थीमध्येका एसी बनाउने तालीम लिएका बुटवल–१६, सेमलारका युवा त्रिभुवन कँडेलले तालीमले आत्मविश्वास र हौसला दुवै बढाएको बताउनुभयो । उहाँले आधारभूत तालीम लिएकालाई अर्को ‘एड्भान्स’ तालीमको व्यवस्था गर्न जरुरी रहेकोसमेत बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ