सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

कोन्ज्योसोम गाउँपालिकाको नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता हुँँदै

प्रकाशित समय: मगलवार, ०९ : २१ बजे आश्विन २३ गते



कोन्ज्योसोम गाउँपालिकाको नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता हुँँदै

ललितपुर,कोन्ज्योसोम गाउँपालिका वडा नं ४ नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता हुने भएको छ । 

पाथीभरा सो–क्योकुशिन कराँते डोजोको आयोजनामा यही आउँदो शुक्रवार र शनिवार नल्लु फुटबल ग्राउण्डमा सो प्रतियोगिता हुन लागेको हो । 

गाउँपालिकाभित्रका खेलाडीको मनोबल बढाउन र उनीहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउन सो खेल गराइने भएको डोजोका प्रशिक्षक विजय घलानले बताए । 

उनले भने, “यस प्रतियोगितामा १३ जिल्लाका करिव ३०० खेलाडी सहभागी हुनेछन् ।” सो डोजो खेलमार्फत आफ्नो नयाँ पहिचान बनाउन इच्छुक व्यक्तिलाई सहयोग पुग्ने घलानको भनाइ छ । 

उक्त खेलमा प्रथम हुनेलाई रु १० हजार सहित चाँदीको मेडल दोस्रोलाई रु पाँच हजार सहित मेडल तथा तेस्रोलाई रु दुई हजार पाँच सय सहितको मेडल र चौथोलाई रु दुई हजार सहित मेडल दिने घोषणा भएको आयोजक टिमले जानकारी गराएको छ ।