काठमाडौँ,तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका तीन खेलाडीले पदक जित्न सफल भएका छन् ।
हाप्किडो डेभलपमेन्ट सेन्टरद्वारा आयोजित च्याम्पियनशिपमा आज नेपालले एक स्वर्ण, एक रजत र एक कास्य पदक जित्न सफल भएको नेपाल हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्तिमगरले जानकारी दिनुभयो ।
पुरुषतर्फ नेपालका दीपक छन्त्यालले ७८ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । पुरुषकै ६६ केजीमुनि विक्रम स्वर्णकारले रजत र महिलातर्फ वसन्ती बुढामगरले कास्य पदक जितेको घर्तिमगरले बताउनुभयो ।
नेपाल मार्सल आर्टस हाप्किडो सङ्घका अध्यक्ष घर्तिमगरको नेतृत्वमा चार सदस्यीय टोली अहिले रुसमा छ ।
अन्तर्राष्ट्रियस्तरमा खेलाडीले उत्कष्ट प्रदर्शन गर्दै पदकमार्फत राष्ट्रको शिर उँचो राख्न सफल भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ