सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

माओवादी सांसद कारबाहीमा

प्रकाशित समय: बुधवार, ०६ : ३१ बजे बैशाख २० गते



माओवादी सांसद कारबाहीमा

माओवादी सांसद कारबाहीमा माओवादी केन्द्रका समानुपातिक सांसद योगेन्द्र घिसिङ्गलाई माओवादी केन्द्र ललितपुरले स्थानियतहको निर्वाचनमा पार्टीका कार्य निति र विधि विपरीत गतिविधिमा सक्रियभई पार्टी तथा पार्टीको नितिविपरित कार्य गर्दै स्थानीयतहको उमेद्धारहरु एकलौटी ढंगले सिफारिस गर्दै हिडेको भनि कारबाही गरिएको छ । माओवादी केन्द्र ललितपुरका संयोजक राजकाजी महर्जन र इन्र्चाज हरि दाहाल (ललित) को हस्ताक्षर भएको पत्रबाट उनलाई कुनै तह र सदस्य सम्म नरहने गरि कारवाही गरेको पत्रमा उल्लेख छ । माओवादी केन्द्रले उठाएको आधिकारिक उमेद्धार विरुद्ध स्वतन्त्र उमेद्धार उठाई पार्टीलाई हराउन लागेको उल्लेख गर्दै यस्तो कदम चाल्नु परेको संयोजक महर्जनले बताए ।