सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

माफिया र ठेकेदारको ग्राण्डडिजाइनबाट चलेको पार्टी माओवादी केन्द्र - सांसद घिसिङ्ग

..
प्रकाशित समय: बिहिवार, ०६ : ४२ बजे बैशाख २१ गते



माफिया र ठेकेदारको ग्राण्डडिजाइनबाट चलेको पार्टी  माओवादी केन्द्र - सांसद घिसिङ्ग

ललितपुर सांसद योगेन्द्र घिसिङ्गले नेकपा माओवादी केन्द्र मुठी भरीकामाफिया र ठेकेदारहरुको गाण्ड डिजाइनवाट चलेको पार्टीहो भनि बताएका छन् । जनयुद्धमा गोली, जेल, नेल खाई पार्टी संगठनमा लागेको तर त्यसको कदर नगर्ने पार्टी माओवादी केन्द्र भएकाबताएका छन् । २०७० सालको संविधान सभा निर्वाचनमा उमेद्धारको गाडी जलाउने पार्टी कार्यालयमा बम हान्ने तथाअवसरवादीहरु द्धारा आफुलाई पार्टीबाट निष्काशन गरेको बताएका छन् । उक्त पार्टीमा माफिया र ठेकेदारहरुको बर्चस्व रहेको, जनयुद्धमा लागेका साथीहरुलाई गलहत्याई माफियाहरुले संचालन गरेको पार्टीमा बस्नुको कुनै औचित्य नरहेकोले आफ्नो मन मष्तिक र हृदयबाट माओवादी केन्द्रलाई निकालेको तथाआफुलाई नै नयाँ राजनैतिकअभियान शुरु गर्न पाउँदा हर्ष र सुखद अनुभुतीभएको उनको  प्रेस विज्ञाप्तिमा उल्लेख छ ।