काठमाडौँ, नेपाल चिकित्सक सङ्घले अनशनरत् प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उहाँले उठान गरेको मागलाई छिटोभन्दा छिटो सम्बोधन गर्न सरकारको पुन : ध्यानाकर्षण गराएको छ ।
सङ्घका आजीवन सदस्यसमेत रहनुभएका प्राडा केसीको स्वास्थ्यस्थिति नाजुक हुँदै गएको भन्दै सङ्घले आज एक विज्ञप्तिमार्फत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मागलाई सम्बोधन गर्न सरकारसित आग्रह गरेको हो ।
सङ्घका महासचिव डा लोचन कार्कीद्वारा आज जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट छिटो समस्याको समाधान गर्न सरकारसित माग गरिएको छ ।
साथै आफ्नो पूर्ववत् आन्दोलनका कार्यक्रम जारी रहेको सङ्घले जनाएको छ । सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाई ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेको प्रति असन्तुष्टि राख्दै प्राडा केसीले १६औँ अनशन शुरु गर्नभएको थियो ।
उहाँले अनशन शुरु भएको आज २३ दिन भएको छ । उहाँका उपचारमा संलग्न चिकित्सकले डा केसीको स्वास्थ्यस्थिति अन्त्यन्त कमजोर हुँदै गएको जनाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ