सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २६ बैशाख २०८३ / Saturday, 09 May 2026

मुख्यमन्त्री डोरमणि पौडेलद्वारा बाटो उद्घाटन

प्रकाशित समय: बिहिवार, ०९ : ०७ बजे माघ १७ गते



मुख्यमन्त्री डोरमणि पौडेलद्वारा बाटो उद्घाटन

हेटौँडा, मकवानपुरको पश्चिम क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिकामा सात किमी बाटो निर्माण भएपछि आवागमन सहज हुने भएकोले सो क्षेत्रका जनता खुशी भएका छन् ।

 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज सो बाटोको उद्घाटन गर्नुभएको छ । उहाँले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने बाटोको स्तरीकरण गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराउने बताउनुभयो ।

 

विसं २०३४ सालमा तत्कालीन जिल्ला पञ्चायत मकवानपुरले चेपाङ विकास कोषमार्फत सो बाटो निर्माण शुरु गरिएको भए पनि चार दशकपछि राक्सिराङ गाउँपालिकाको रु ५५ लाख लागतमा सो बाटो निर्माण भएको हो ।

 

सो बाटो निर्माण भएपछि कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका करीब २० हजार जनतालाई सदरमुकाम हेटौँडा र पूर्वपश्चिम राजमार्गसम्म सडक मार्गबाट आवतजावत, गाउँका तरकारी र फलफूल बिक्री गर्न सुविधा पुग्नेछ ।

 

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले सो क्षेत्रमा सवारीसाधन सञ्चालन भएपछि तरकारी फलफूलका उत्पादन बजार पु¥याउन, यस क्षेत्रका जनताको जीवनस्तर उकास्न, पूर्वाधारको विकास गर्न शिक्षा, स्वास्थ्यलगायत सुविधा पु¥याउन सकिने बताउनुभयो ।

 

उक्त कार्यक्रममा राक्सीराङ गाउँपालिकामा रहेका विपन्न समुदायको आर्थिक तथा शैक्षिक उन्नतिका लागि Lischa Himalayan E.V. को सहयोगमा दिगो विकासका लागि एकता नेपालले सञ्चालन गरिरहेको शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रमले त्यसक्षेत्रमा समुदायको आर्थिक तथा शैक्षिक उन्नतीमा सकारात्मक प्रभाव पारेकोले Lischa Himalayan E.V. र दिगो विकासका लागि एकता नेपाललाई प्रशंसापत्र प्रदान गरिएको थियो।