सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

आई. डब्लु. एफ. एन. कराँते सङ्घ बागमती प्रदेशको अध्यक्षमा रमेश पहरी

प्रकाशित समय: सोमवार, ०७ : ५२ बजे मंसिर ११ गते



आई. डब्लु. एफ. एन. कराँते सङ्घ बागमती प्रदेशको अध्यक्षमा रमेश पहरी

ललितपुर,आई. डब्लु. एफ. एन. कराँते सङ्घ बागमती प्रदेशको अध्यक्षमा रमेश पहरीको नेतृत्वमा ९ जना चयन भएका छन्।

 

गोदावरी नगरपालिका वडा ४ बडिखेलस्थित होटल तपेश्वरमा भएको प्रथम अधिवेशनबाट उपाध्यक्षमा प्रजिल श्रेष्ठ, सचिवमा प्रज्वल श्रेष्ठ, सहसचिवमा चानस गिरी र कोषाध्यक्षमा रश्मी लामा चयन भएका छन्। 

 

त्यस्तै सङ्घको कार्यसमिति सदस्यहरूमा राम ब. घले, रामकृष्ण घिमिरे, जिरा मान स्याङ्तान र रिता थापा मगर चयन भएका छन्। 

 

कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि बागमती प्रदेशका माननीय श्रम तथा रोजगार मन्त्री लक्ष्मण लम्सालले,'खेलकुदमा छिटो परिणाम नआउने बताउदै यसमा धैर्य तथा ऊर्जाका साथ अगाडि बढ्न कार्यसमिति तथा खेलाडीहरुलाई आग्रह गरे । 

 

कार्यक्रम आई. डब्लु. एफ. एन. कराँते सङ्घका केन्द्रीय प्रमुख प्रशिक्षक बुद्धराज नेगीको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथी बागमती खेलकुद परिषदका बोर्ड सदस्य धन कुमार मैनाली लगायतको उपस्थिती रहेको थियो।