सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

आजदेखि यु-१९ एसिया कप: नेपालले पाकिस्तानको सामना गर्दै

प्रकाशित समय: शुक्रवार, १० : २७ बजे मंसिर २२ गते



आजदेखि यु-१९ एसिया कप: नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौं । एसीसी यू–१९ एशिया कप युएईमा आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्नेछ।

 

नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुने सो खेल दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुनेछ।नेपालले आईसीसी यू–१९ विश्वकपअघि यू १९ एशिया कपलाई तयारीको रुपमा लिएको छ।

 

देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन्। पाकिस्तानी युवा टोलीको कप्तानी भने साद बेगले गर्नेछन्।नेपाल र पाकिस्तान रहेको समूहमा भारत र अफगानिस्तान पनि समावेश छन्।