लम्की, टीकापुर अस्पतालमा सुत्केरी भएका ५६६ जनाले सुत्केरी भत्ता पाउन सकेका छैनन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरु सुत्केरी भत्ताबाट वञ्चित भएका हुन् ।
अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि सुत्केरी भत्ता उपलब्ध गराउन सकेको छैन । अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत रु एक हजार र नियमित गर्भजाँच गरेवापत रु ८०० उपलब्ध गराउँदै आएको थियो ।
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहनस्वरुप तथा र मातृ मृत्युदर घटाउन २०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको हो । अस्पतालमा साउनदेखि माघ २० गतेसम्म एक हजार १३७ जना सुत्केरी भएका छन् ।
पाँच सय ७१ सुत्केरीलाई टीकापुर नगरपालिकाले उपलब्ध गराएको रु १२ लाख वितरण गरिएको अस्पतालका प्राविधिक मुखिया मोहनसिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिएको थियो, बजेट नआएपछि नगरपालिकालाई गुहा¥यौँ । नगरपालिकाले दिएको रु १२ लाख १० दिनमै सकियो ।” साउनमा सुत्केरी भएकालाई अझै भत्ता दिन बाँकी रहेको साउदले बताउनुभयो ।
टीकापुर अस्पतालले आमा सुरक्षाका लागि आवश्यक पर्ने बजेटका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारलाई गुहार्दै आएको छ । “साउनमा सुत्केरी भएकालाई ६ महीनापछि पाएको रकमले के काम ?” सिनियर स्टाफ नर्स कल्पना खड्काले भन्नुभयो ।
स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले कार्यपालिकामा माग पेश गरेको बताउनुभयो । “कार्यपालिका बैठकले बजेट छुट्याउने आश्वासन पाएका छौँ”, उहाँले भन्नुभयो । प्रदेश सरकारको लापरवाहीका कारण अस्पतालमा सुत्केरी भएकाले भत्ता पाउन नसकेको उहाँको आरोप छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ