काठमाडौँ- घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टि–२० सिरिज नेपालले ‘क्लिन स्वीप’ गरेको छ ।
आज भएको अन्तिम अन्तिम टी–२० मा पाकिस्तानलाई नौ विकेटले हराउँदै नेपालले सिरिज ४–० ले आफ्नो पक्षमा पारेको हो । इस्लामावादमा पाकिस्तानले दिएको १२७ रनको लक्ष्य नेपालले १० ओभर चार बलमा एक विकेटको क्षतिमा पूरा ग¥यो ।
नेपालको जितमा मनकेसी चौधरीले ८१ रनको अर्धशतकीय इनिङ खेलिन् । उनको यो दोस्रो अर्धशतक हो । यस्तै आशा रेग्मीले ३२ रन जोडिन् । पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल नौ विकेटले जितेको थियो ।
दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालका लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ दि म्याच घोषित हुँदै २५ हजार हात पारिन् । यसैगरी सिरिज जितेको नेपालले एक लाख पाकिस्तानी हात पा¥यो ।
पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलको आयोजनामा भएको यस सिरिज विश्व नेत्रहीन क्रिकेट लिमिटेडबाट मान्यता प्राप्त सिरिज हो ।(रासस)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ