बेइजिङ – चीनले प्रतिसेकेण्ड ३०० शब्द लेख्न सक्ने जिआओ नान नामक रोबट पत्रकारको आविष्कार गरेको छ । चीनको उक्त आविस्कारसँगै हातले लेख्ने पत्रकारको जागीर धरापमा पर्ने खतरा बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
हरेक प्रकारका लेख लेख्नका लागि तयार रोबट पत्रकारले जुनसुकै विषयवस्तुमा पनि लेख्न सक्ने निर्माण पक्षको दाबी छ । यसले लेखनको साथै विषयवस्तुका बारेमा विश्लेषण समेत गर्न सक्ने बताइएको छ ।
उक्त रोबट पत्रकारले लेखेको लेख सदर्न मेट्रोपोलिस डेलीले छापिसकेको छ । एक सेकेण्डमा नै कुनै गल्ती बिना लेखिएको उक्त लेख चीनको वसन्त उत्सवका बारेका लेखिएको थियो । चीनले बनाएको यस प्रकारको रोबट पत्रकारको चर्चा अहिले विश्वमा छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ