सिन्धुपाल्चोक- सिन्धु कांग्रेसले सरकारको अधिनायकवाद विरुद्ध जिल्लामा विरोध प्रदर्शन गरेको छ ।
सदरमुकाम चौतारा र बाह्बिसेमा कांग्रेसले विरोध प्रदर्शन गरेको हो । बाह्बिसेमा गरिएको विरोध पदर्शन चण्डेश्वरी होटल अगाडिबाट सुरु भई हस्पिटल हुदैं खोर्सानीबारी पुगी फर्केर सुनकोसी जानेबाटोमा कोणसभामा परीणत भएको थियो ।
कोणसभालाई नेपाली काग्रेंसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, महासमिति सदस्य हरिशरण श्रेष्ठ, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत,प्रमोद लामा, हेमन्त श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । भने चौतारामा भएको कार्यक्रमलाई पार्टी सभापति विकास लामा, प्रदेश सांसद निमा लामा, क्षेत्रीय सभापति टंक कार्कीले सम्बोधन गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बस्नेतले सरकारको अधिनायकवाद विरुद्ध सडक र सदन दुवैबाट आवाज उठाउने बताउनुभयो । देशमा बढिरहेको भ्रष्टाचार, बलात्कार लगायत विविध काण्डबारे मौन रहेको सरकारलाई मनोमानी गर्न काग्रेंसले कदापि नदिने उहाँले बताउनुभयो ।
चौतारामा भएको विरोध सभालाई सम्बोधन गर्दै सांसद निमा लामाले भर्खरै इन्धनको मूल्य वृद्धि गरेर यो सरकारले जनभावनाकोे अपमान गरेकोे बताउनुभयो ।
सरकारको अधिनायकवाद विरुद्ध कांग्रेसले आज देशैभर विरोध प्रदर्शन गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ