सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ३ मंसिर २०७५ / Monday, 19 November 2018

छक्का पञ्जा –२ कहिले ?

..
प्रकाशित समय: बिहिवार, ०९ : १७ बजे बैशाख २१ गते



छक्का पञ्जा –२ कहिले ?

छक्का पञ्जा २ को शुभमुहुर्त वैशाख १४ गते विहिबार भक्तपुरमा वरिष्ठ हाँस्यकलाकार मह जोडी बाट गरिएको थियो । कलाकारहरु दिपकराज गिरी, प्रियंकाकार्की, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, किरण के.शी, वुद्धि तामाङ्ग, वर्षा राहुत संगै नयाँकलाकार स्वरुपपुरुष ढकाल र स्वस्तिका खड्का रहने उक्त चलचित्रको निर्देशन दिपाश्री निरौलाले नै गर्ने भएकी छिन । ६ हप्ताभित्रै सक्ने गरि सुटिङ्ग थालिएको छक्का पञ्जा २ लाई नेपालीहरुको महान चाड दशै अगाडी रिलिजगर्ने निर्देशक दिपाश्रीले बताइन । पहिले भन्दाथोरै समय भएका कारण तनाव बढेको भएपनि टिमका साथीहरु सहयोगी र कार्यकारी भएकाले सोचे भन्दापनि राम्रो चलचित्र बन्नेमा उनी विश्वस्त छिन् ।