सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

आईसीसी यू–१९ विश्वकप : भारतविरुद्ध खेल्दै नेपाल

प्रकाशित समय: शुक्रवार, ०९ : ५३ बजे माघ १९ गते



आईसीसी यू–१९ विश्वकप : भारतविरुद्ध खेल्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आज नेपाल भारतविरुद्ध खेल्नेछ । नेपाल र भारतबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

भारत विश्वकपमा अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । यसअघिको खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो । नेपाल समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तानविरुद्ध खेलमा भने नेपाल एक विकेटको जित निकालेको थियो ।