सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १४ चैत्र २०८१ / Friday, 28 March 2025

महानगरपालिकालाई जनउत्तरदायी, भष्ट्राचारमुक्त एक समृद्ध महानगर बनाउने छु :-चिरिबाबु महर्जन नेपाली कांग्रेस तर्फबाट मेयर पदका प्रत्यासी

प्रकाशित समय: बिहिवार, ०७ : ४६ बजे बैशाख २१ गते



महानगरपालिकालाई जनउत्तरदायी, भष्ट्राचारमुक्त एक समृद्ध महानगर बनाउने छु :-चिरिबाबु महर्जन नेपाली कांग्रेस तर्फबाट मेयर पदका प्रत्यासी
लोकल मिडिया संवाददाता
२१ वैशाख,ललितपुर - यति वेला हामी स्थानीय निर्वाचनको संघारमा छौं । यसैक्रममा पहिलो चरणमा सम्पन्न हुन गइरहेको निर्वाचनमा ललितपुरको मेयर को होला त भन्ने चर्चा परिचर्चा सुरु भैसकेको छ । १८ वर्ष पछि हुन लागेको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चिरिबाबु महर्जनले मेयर पदमा उमेदवारी दिनुभएको छ । एकदमै मिलनसार,लगनशिल,इमान्दार चिरिबाबु महर्जनको जन्म २०१४ साल मंसिर १७ गते पिता स्व.न्हुछेलाल महर्जन र माता हरिमाया महर्जनको कोखबाट ललितपुरको पुल्चोकमा भएको हो । कमर्स विषयमा एम.कम.सम्मको अध्ययन गर्नु भएका महर्जन २०३६ साल देखि राजनितिमा लागेको र राजनितिक अनुभव ३७ वर्ष पुगेको बताउँनु हुन्छ । उप महानगर वडा नं.३ को तीन पटक वडा अध्यक्ष सम्हाल्नु भएका महर्जन ज्यापु समाजको पूर्व अध्यक्ष र थुप्रै संघसंस्थामा आवद्घ हुनुहुन्छ । ललितपुर महानगरलाई समृद्घ महानगर बनाउने लक्ष्य लिएर मेयरको उमेदवारी दिनुभएका चिरिबाबु महर्जनसँग हाम्रा संवाददाता केदारनाथ दहालले गर्नुभएको कुराकानी :-
१. तपाईको पाटीले विश्वास गरेर मेयरको टिकट दियो नि त ?
मलाई नै विश्वास गर्यो ! कारण जनआधार राम्रो भएको कारणले र म एउटा नेपाली कांग्रेसको प्रतिबद्ध कार्यकर्ता भएको है सियतले मलाई विश्वास गरेको हो जस्तो लाग्छ ।
२. मेयर उमेद्धारीको लागीपहिले देखि तयारी थियो ?
मैले मेयरको उमेद्धारको निमित्त भन्दा पनि महानगरवासीको लागि कसरी काम गर्न सकिन्छ यो महानगर भित्रको विकास, निर्माण, पुरात्वातिक सम्पदाको संरक्षण खानेपानी जस्ता आधारभूत पुर्वाधार जनताको पहँुचमा कसरी पु¥याउन सकिन्छ भनेर लागेको थिएँ । म उपमहानगर हुँदाको अवस्थामा तीन पटक वडा अध्यक्ष भएर काम गरेका कारणले मेयरमाउमेद्धारी दिएको हुँ । मेयरको तयारीको लागि महानगरवासीको मन जित्नु ठुलो कुरा हो ।
३. तपाइले देखेको महानगर कस्तो छ ?
अहिले भर्खरै घोषणा भएको महानगर अव्यवस्थित गन्जागोल र लथालिङ्ग छ । त्यसमा विकासका पुर्वाधारहरुले गतिलिन सकेका छैनन् । नयाँथपिएका वडाहरुमा न्युनतम पुर्वाधार समेत छैनन् । 
४. यो के कारणले गर्दा भएको होला?                                                                
जनप्रतिनिधिहरुको उपस्थिती नभएको २० वर्ष भयो । कर्मचारी संयन्त्र बाट नगरपनलिका संचालन हुदा विकासको नाममा बजेट दुरुपयोग बजारमा अव्यस्थित बजारीकरण मौलाएको छ । कर्मचारीको निमित्त जनताप्रति उनिहरु जिम्मेवार र उत्तदरायी नहुने भएको हुनाले यो भएको हुनु पर्छ । 
५.नयाँ वडाका नगरबासीले तपाईलाइ चिन्छन् त ?
नयाँ थपिएका वडाहरुसंग मेरो घनिष्ट सम्बन्ध रहि आएकै छ । मात्र कुरा के त भन्दा चिरिबाबु महर्जनले महानगरको उमेद्धार बन्दै गर्दा नयाँ वडाहरुको नगरवासीहरु बीचमा मेरो एकपल्ट परिचयले पनि उहाँहरुलाई पहिलेको म प्रतिको सम्झना छ । सो पुनःताजकीकरण भइहान्छ ।
६. महानगरलाई लथालिङ्ग भन्नुभयो के के हुन त लथालिङ्ग ? कुनकुन क्षेत्रमा?
लथालिङ्ग त धेरै क्षेत्रमा छ यातायतका क्षेत्रमा महानगर भएर पनि धेरै वडाका सडकहरु कालो पत्रे हुन सकेका छैनन् । स्थानीय कुवा, इनार, ढुङेगे धारा आदिको उचित व्यवस्थापन भएको छैन । नगरवासीले फोहोर फ्याँक्ने ठाउँ छैन । ट्राफिक व्यवस्थापन एकदमै कमजोर छ । नगरपालिकाबाट पाउने सुविधा एकदमै सुस्त छ । उपत्यकाभित्रकोे अव्यवस्थित बजारिकरण, घना वस्तीले गर्दा टोल टोलमा यातायतका पुर्वाधार पु¥याउन सकिएको छैन यो भन्दा गन्जागोल के हुन सक्छ । 
७. तपाई मेयर बन्नु भयो भने यो लथालिङ्ग हट्छ त ?
म मेयर भएँभने मेरो पहिलो एजेण्डा भनेको महानगरपालिकालाई चुस्त, दुरुस्त र महानगरवासीको आवश्यकता अनुरुपको महानगर मेरो परिकल्पना हो । महानगर भित्र यहाँको पुरानो जाति नेवार समुदायको गुठी संचालन, गुठियारहरुको जुनप्रकारको मेल–मिलाप रहीआएको छ । त्यस्ता गुठी, गुठीयारहरुको सम्मान स्वरुप टोल टोलमा गुठी भवनहरु निर्माण गर्ने, निर्माण भएको स्तर उन्नतिगर्ने । यस महानगर भित्र रहेकाजनजाती, राई, लिम्बु, शेर्पा, गुरुङ्ग, बाहुन, क्षेत्री, तामाङ्ग, दलित, अल्पसंङख्यक लगायत अन्यजातजातीहरुको आ–आफ्नै किसिमको भाईचाराको सम्बन्ध छ । उहाँहरुको विकसितमहानगरमा बस्ने चाहाना अनुरुप नयाँ बस्तीहरुको विकास गर्ने उहाँहरुलाई आवश्यक पर्ने खानेपानी, बिजुली, सडकको सुविधाबाट सम्पन्न बनाउने लक्ष्यलिएको छु । महानगरलाई आगलागी मुक्त बनाउन गल्लीगल्ली, टोल टोलमा पुग्ने सुविधा सम्पन्न दमकलको व्यवस्थागर्ने छुँ । त्यो सुविधा सम्पन्न दमकल भनेको जस्तो सुकै गल्लीमा पनि पुग्न सक्ने हुनेछ । 
शिक्षाका क्षेत्रमा सरकारmे अधिकार सम्पन्न महानगर बनाउने भएकाकारण ं२ सम्मको निःशुल्क शिक्षादिने सरकारले निति अनुसार महानगरका र अन्यत्रबाट आइबसोबास गर्ने डेराबासीहरुको लागि निःशुल्क शिक्षा उपलब्ध गराइने छ । निजीविद्यालयहरुले लिने गरेको शुल्क वृद्धिलाई निरुत्साहित गरिने छ । त्यस्ता महंगी विद्यालयले शुल्क नघटाएमा ति विद्यालयको विद्यालय संचालन अनुमति खारेजी प्रक्रियाम लगिने छ । प्रि स्कुल भनेको बच्चाहरुको मात्र शिक्षा नभई शिक्षाको नै जग हो, जग बलियो भएमात्र राम्रो शिक्षा पाउने हुनाले म मेयर भएको खण्डमा सम्पूर्ण प्रि स्कुलहरुलाई निःशुल्क रुपमा बच्चाको हेरचाह, खानपान र गुणस्तरिय शिक्षाको व्यवस्था मिलाउने छु । 
हाम्रै पार्टीका युवा नेता गगन थापाले नेपाल सरकारका स्वास्थ्य मन्त्रालय सम्हालेपछि स्वास्थ्य क्षेत्रमा धेरै सुधार आएको छ । यस महानगर भित्र देशकै ठुला हस्पिटल छन् । सरकारले धेरै वटा रोगको निःशुल्क उपचारको व्यवस्था गरेको छ । ति सुविधाहरुलाई यहाँका ठूला हस्पिटल हरुबाट महानगरबासीले प्राप्तगर्न सक्ने पहँुचमा पु¥याउने छु । 
अव्यवस्थित बजारहरुलाई व्यवस्थि तगर्न ट्राफिक व्यवस्थापन मिलाउन यस महानगर भित्र रहेका खाली जग्गा तथा क्षेत्रहरुको संरक्षण गरी ति स्थानमा पार्किङ्गको सुविधा सहितको एकिकृत बजार संचालन गराउने छु । फोहोर मैला उठाउनको लागि प्रत्येक दिनकर्मचारी परिचालन गर्ने । प्रत्येक टोल–टोलमा सार्वजनिक शौचालय निर्माण गर्ने छु । 
ऐतिहासिक तथा पुरातात्विक धार्र्मिक सम्पदा भएको यस महानगरलाई विनाशकारी भुकम्पले क्षत् विक्षेत बनाएको छ । ति सम्पदाहरुको संरक्षण गर्ने र निर्माण गरि पुरानै अवस्थामा ल्याई आन्तरिक तथाबाह्य पर्यटकहरुको गन्तव्यको स्थल बनाई आम्दानीको स्रोत बनाइनेछ । यस महानगर भित्र रहेका साना, मझौला तथा ठुला उद्योग, कलकारखानाहरुको स्तर उन्नति गर्ने । नयाँ उद्योगहरुको स्थापनागरि रोजगारीको सृजनागर्ने । ति उद्योगहरुलाई करको दायरामा ल्याई उठेको करबाट महानगरको विकासमाखर्च गरिने छ । गाउँ टोलमा भएका क्लबका साथिहरुलाई युवा नेतृत्व विकास तालिमहरु संचालन गरिने छ । स्वच्छ वातावरण प्रदुषण रहितविकासको लागि ठाउँ ठाउँमा बाल उद्धान, खुल्ला, हरित स्थानको निर्माण गर्ने छु । वृद्ध र अपाङ्ग मैत्रीपूर्वाधार निर्माण गर्ने छु । बढ्दो सुचना प्रविधिलाई ध्यानमा राख्दै २९ वटै वडामा इन्टरनेट (वाईफाई) सुविधा सहितको कार्यलय व्यवस्थापन र पुस्तकालयको निर्माण गरिने छ । जनउत्तरदायी, भष्ट्राचार मुक्तमहानगर बनाउने मेरो लक्ष्यहुने छ । 
 
  • महानगर भित्र रहेका साना, मझौला तथा ठुला उद्योग, कलकारखानाहरुको स्तर उन्नति गर्ने ।
  • टोल टोलमा पुग्ने सुविधा सम्पन्न दमकलको व्यवस्था गर्ने छु ।
  • बाल उद्धान, खुल्ला, हरित स्थानको निर्माण गर्ने छु ।
  • वृद्ध र अपाङ्ग मैत्रीपूर्वाधार निर्माण गर्ने छु ।
  • गाउँ टोलमा भएका क्लबका साथिहरुलाई युवा नेतृत्व विकास तालिमहरु संचालन गरिने छ ।
  • सबै वडामा इन्टरनेट(वाईफाई)सुविधा सहितको कार्यलय व्यवस्थापन र पुस्तकालयको निर्माण गरिने छ ।
  • महानगरपालिकालाई चुस्त, दुरुस्त र महानगरवासीको आवश्यकता अनुरुपको महानगर बनाउने छु ।
  • जनउत्तरदायी, भष्ट्राचार मुक्तमहानगर बनाउने मेरो लक्ष्यहुने छ ।
  • महानगरपालिकालाई जनउत्तरदायी, भष्ट्राचारमुक्त एक संमृद्ध महानगर बनाउने छु ।
८. दलित, जनजाती, अल्पसंङ्ख्यक समुदायको सम्बोधन भएन नि?
तपाईले एकदमै महत्वपूर्ण प्रश्नगर्नुभयो । उहाँहरुको स्थिति एकदमै दयानिय छ । उहाँहरुको जीवनस्तर अभिवृद्धि गर्न, उहाँहरुको आर्थिक स्तर वृद्धि गर्न महानगरको तर्फबाट म मेयर भएको अवस्थामाउहाँहरु लक्षित प्याकेजको घोषणा गर्नेछु । त्यो प्याकेजबाट उहाँहरुको दैनिकी र आर्थिक उन्नतिमा पक्कै सुधार हुने छ । 
९. खानेपानीको समस्या?
यो एउटा विडम्बना नै भन्नु पर्छ । यो उपत्यकाभित्र रहेका जति पनि ढुङगे धारा, कुवा,इनारहरु छन् ।यिनिहरुमा सडक र सहर विस्तारको कारण आँचआउन पुगेको छ । धेरै जसो ढुङ्गे धारा, कुवाहरुमा पानीनभई धारामा मात्र सिमित छन् । त्यसको संरक्षण र सम्बर्धन गर्नको लागि मेरो प्रयास हुने छ । अबको केहि महिनाभित्रै मेलम्चीको खानेपानी उपत्यकामा वितरण हुने कुरा यहाँँलाई सर्ववितितै छ । मेलम्चीको पानी नगरमा वितरण भएपछि पानीको समस्या नरहला । 
१०.अत्यमा?
म महानगरवासीलाई विनम्र अनुरोध के गर्दछु भने तपाईहरुले मलाई मतदिएर मेयर बनाउनु भएको खण्डमा म तपाईहरुको मतको दुरुपयोग गर्ने छैन । म लगायतउपमेयर सहित २९ वडा कै वडा प्रमुख र सदस्यहरुलाई रुख चिन्हमा छाप लगाई विजयी गराउनु भएमा तपाईहरुको आवश्यकतालाई  कदर गर्दै तपाईहरुको शिर कहिले पनि झुक्नदिने छैनौँ । मैले जे जति काम गर्ने छु त्यसले तपाईहरुको शिर ठाडो रहने छ । मेरो माथिका यि प्रतिबद्धता पुरा गर्न म प्रतिवद्ध हुने छु । यसको अलावा हाम्रो पार्टी नेपाली कांग्रेसको आफ्नै घोषणा पत्र छ । पार्टीले घोषणा गरेका प्रतिवद्धता प्रति यज्ञबद्धता जनाउदै ति घोषणा पत्रमा उल्लेख गरेका सम्पूर्ण कुराहरुको सम्बोधन गरी ललितपुर महानगरपालिकालाई एक संमृद्ध महानगर बनाउने छु । अन्यमा तपाईले मलाई तपाईको मिडियामा बोल्ने मौकादिनु भएकोमा तपाई अनि तपाईको टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । धन्यवाद ।
जय नेपाल !