चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरेकाे हाे । ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ ।
महानगर र बागमती प्रदेश सरकारकाे लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयाेग जुटाएर निर्माण गरिरहेकाे रंगशालाकाे लागि आर्थिक अभाव भएपछि रंगशालाकाे काम राेकिएकाे थियाे । फाउण्डेशनले निर्माण सामाग्रीकाे करिब १८ कराेड रूपैयाँ उधाराे रहेकाे बताएकाे छ ।
महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । रंगशालाको पहिलो चरणमा १० हजार दर्शक क्षमताको स्टयान्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पूरा हुँदा रंगशालाको क्षमता १५ हजारजनाको पुग्न भरतपुर महानगरले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ