७ वैशाख, भद्रपुर । झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब रु दुई लाखदेखि रु तीन लाखसम्मको कारोबार गर्ने गरेको बताइएको छ ।
च्याउखेतीका लागि गाउँघरमै बीउ पाउन थालेपछि च्याउ उद्यमीको सङ्ख्या बढ्दै गएको वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी बताउनुहुन्छ । गर्मी समयमा २२ दिनामा तथा जाडोको समयमा करिब ३० दिनमा तयार हुने च्याउ बजारमा प्रतिकिलो रु १०० मा बिक्री हुने गरेको छ ।
उपभोक्ताले डल्लोखालको च्याउ बढी मन पराउने गरेका छन् । एक प्याकेट च्याउको बीउको मूल्य रु ३० पर्छ भने यसबाट लगभग तीन किलो च्याउ उत्पादन गर्न सकिन्छ । बिर्तामोडको पाथीभरा च्याउ उद्योग र चन्द्रगढीको विज्ञान च्याउ उद्योगले च्याउको बीउ उत्पादन गर्छन् ।
पाथीभरा च्याउ उद्योगका सञ्चालक रमेश खत्री विगत पाँच वर्षदेखि बीउ उत्पादन गर्दैआएको बताउनुहुन्छ । वार्षिक करिब रु ४० लाखको बीउ बिक्री गर्ने गरेको उहाँको भनाइ छ । च्याउको बीउ उत्पादन गर्न सरकारले ९० प्रतिशत अनुदानमा करिब रु सात लाख मूल्य पर्ने दुई थान शीतभण्डार गर्ने मेसिन उपलब्ध गराएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ