ललितपुर,विश्व बुद्धिचाल महासंघको स्थापना सन् १९२४ जुलाई २० का दिन स्विजरल्याण्डको जुरिचमा भएको थियो। यसै दिनको अवसर पारेर विश्व बुद्धिचाल महासंघले फिडे १०० वर्षको उपलक्ष्यमा विश्वभर रहेका आफ्ना २०५ राष्ट्र मार्फत एकै दिन विश्व खेल इतिहासमा सबै भन्दा बढी खेलाडीहरुलाई सहभागी गराउदै विश्व किर्तिमान कायम गराएका छन्।
विश्व भरका हरेक कुनामा बुद्धिचाल खेल सम्पन्न भइरहँदा नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा पनि आजै देशभरका दश फरक स्थानमा खेल सञ्चालन भएका छन्। नेपालको काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, झापा, सुदुरपश्चिम, कञ्चनपुर र धरान शहरका १० स्थानमा एकै दिन बुद्धिचाल खेल खेलाइएको हो।
काठमाडौंको वसुन्धारामा भएको प्रथम जिएसि अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा रामभक्त श्रेष्ठ प्रथम, सुजन काफ्ले द्वितीय र सुरेन्द्र लामा तृतीय भएका छन्। कञ्चनपुरमा भएको नेपाल प्रथम सार्क खुल्ला चेसमा धनबहादुर बोगटी प्रथम, दीर्घराज जोशी र वसन्त रावल तृतीय भएका छन्।
भक्तपुर जिल्ला खुल्ला फिडे १०० ब्लिज खेलमा क्षितिज भण्डारी प्रथम, पुरुषोत्तम सिलवाल र बद्रीलाल नेपाली तृतीय स्थानमा रहन सफल भएका छन। ललितपुरको महालक्ष्मी नगरपालिकामा भएको जेजेज्ज क्याफे फ्रेण्डलि रेटिङ्ग चेसमा आशिष् फूँयाल, गोविन्दप्रसाद पौडेल र हर्कबहादुर चोङ्वाङ्ग तृतीय हुन सफल भएका छन्।
पोखरामा सम्पन्न सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति भेट्रान चेस प्रतियोगितामा रामबहादुर क्षेत्री, बुद्धिराज शर्मा र बिनोद नाल्मि तृतीय भएका छन्। काठमाडौंको बिजुलि बजार स्थित किङ्स कलेजमा सम्पन्न चेस खेलमा
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार नेपालका विभिन्न जिल्लामा सम्पन्न भएका खेलहरुमा ५०० भन्दा बढी नेपाली खेलाडीहरुले गिनिस बुक वर्ड रेकर्ड अन्तर्गत नाम राख्न सफल भएका छन्। ताम्राकारका अनुसार नेपाली विजेता खेलाडीहरुलाई स्थानीय पालिकाका जनप्रतिनिधिहरुले पुरस्कार वितरण गरेका छन्।
जस अन्तर्गत ललितपुर महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले बुद्धिचाल खेलका विजेताहरुलाई पुरस्कार वितरण गर्दै नगरपालिकाले बुद्धिचाल खेललाई आर्थिक वर्षमा यथेष्ट बजेट विनियोजन गरेको कुरा बताएका छन्। यस्तै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले राष्ट्रिय प्रतियोगिताको आयोजना विगतमा झैं आगामी वर्षहरुमा पनि गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ