गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको डीसीमा हुने बहस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l वासिगंटन डिसि स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित ग़ैरराजनीतिक तथा ग़ैर नाफा मूलक संस्था – भिजन फ़र नेपाल फ़ाउण्डेशनले आगामी शुक्रवार कार्यक्रमको आयोजना गर्ने गत अप्रिल १९ तारिखका दिन बिज्ञप्ति द्वारा जानकारी गराएका छन् l
आगामी अप्रिल २१, २०१७ का दिन सांझ ५ बजे देखि ७ बजे सम्म डीसी महानगर क्षेत्रको भर्जिनियाको भियनामा बहस कार्यक्रम गर्ने छ भने युनाईटेड नेपलिज फेलोशिप नामक अर्को एक सामाजिक संस्थाको सहयोगमा पूरा गरेको छ । बहसलाइ निष्पक्ष, स्वतन्त्र एवं प्रभावकारि ढगंले सम्पन्न गर्नका लागि कमिसन अन प्रेसिडेनसिएल डिबेट सगं सहकार्य गरेको ब्यहोरा जानकारी गराएको छ l
बहसमा एनआरएन अमेरीकाको अध्यक्ष पदका प्रत्यासीहरूमा रबिना थापा, केशव पौडेल, कृष्ण पोख्रेल, राम पोख्रेल तथा गौरी जोशी सहभागि हुने जनाएका छन् l अध्यक्ष पदका अर्का प्रत्याशी दूर्गा दाहालले आफुले यस पटक उम्मेदवारी नदिने कुरा आयोजकलाई स्पष्ट पारेका छन् l
यसै गरि सामाजिक संजाल फ़ेसबुकमार्फ़त आफ्नो उम्मीदवारी घोषणा गर्नु भएका डिल्ली भट्टराइ तथा टेम्बा शेर्पा सगं भिजन फ़र नेपाल फ़ाउण्डेशनका प्रतिनिधिले उपस्थितीका बारेमा सम्पर्क गर्ने कोशिस असफल रहेका जनाएको छ l तर अध्यक्ष का प्रत्याशीहरूलाई अहिलेको सूचीमा राख्न असमर्थ भए पनि उम्मेद्वारहरु बहसका लागि उपस्थित भएको खण्डमा सहभागि गराइने ब्यहोरा बिज्ञप्ति मार्फत जानकारी गराएका छन् l
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ