काठमाडौं,सभामुख देवराज घिमिरेले खेलकुदको विकासका लागि हरेक क्षेत्रले सक्रियता देखाउनुपर्ने औंल्याएका छन् । सबै क्षेत्रले खेलका लागि सक्रियता जनाउन सके ठूलो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।
शनिबार ‘प्रथम झापा १– काठमाडौं कप फुट्सल प्रतियोगिताको उद्घाटन गर्दै उनले राष्ट्रमा आवश्यक पर्ने नीति र व्यवहारहरुलाई सुधार गर्दै खेल क्षेत्रमा गर्नुपर्ने प्रगती गर्न सकिने भन्दै यसमा सबैले ध्यान दिन आवश्यक रहेको बताए ।
उनले भने, ‘खेलको क्षेत्रमा नेपाल क्रमश अगाडि बढ्दै आएको छ । खेललाई राज्यले जति महत्व दिनुपर्ने थियो सायद त्यो महत्व पुगेको छैन् । तर राज्य भनेको हामी सबै मिलेर नै हुने हो । यस कार्यक्रमले पनि के देखाउँछ भने खेलकुदमा हरेक क्षेत्रबाट सक्रियता लिने हो भने यसको ठूलो सम्भावना छ । र यसले राष्ट्रमा आवश्यक पर्ने नीति र व्यवहारहरुलाई सुधार गर्दै खेल क्षेत्रमा गर्नुपर्ने प्रगती गर्न सक्छ । यसमा सबैले ध्यान दिनु आवश्यक छ ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ