सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

कुवेतमा सडक दुर्घटनामा परि नेपाली चेलीको मृत्यु

प्रकाशित समय: शुक्रवार, ०५ : ५२ बजे बैशाख २२ गते



कुवेतमा सडक दुर्घटनामा परि नेपाली चेलीको मृत्यु

कुवेतमा एक नेपाली चेलीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । अर्घाखाँची सन्धीखर्क नगरपालिका  वांग्ला ९ की  ३० वर्षीया जमुना पाण्डेको गाडीको ठक्करबाट ज्यान गएको हो ।

कुवेतको साल्मिया  स्थित गल्फ रोड क्रस गर्ने क्रममा १६ अप्रिलका दिन लेवनानी  नागरिकले चलाएको गाडीको  ठक्करबाट घाइते भएकी उनको  मुबारक  कबिर अस्पतालमा उपचारका क्रममा १८ अप्रिलका दिन मुत्यु भएको हो ।

दुईवर्ष अघि कुवेत पुगेकी जमुना कुवेतको हयात रिजेन्सीमा  कार्यरत थिइन्, उनका श्रीमान  विष्णु प्रसाद भुजेल पनि सोहि  होटलमा कार्यरत रहेको बताइएको छ ।