सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

पाँच चेस खेलाडीको संयुक्त अग्रता 

प्रकाशित समय: शनिवार, ०४ : १६ बजे मंसिर १५ गते



पाँच चेस खेलाडीको संयुक्त अग्रता 

काठमाडौँ,शंखरापुर युथ क्लबको आयोजनामा सञ्चालन भएको तेश्रो राष्ट्रब्यापी खुल्ला र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता अन्तर्गत चार चरणको खेल हुँदा ५ जना राष्ट्रिय खेलाडीहरुले संयुक्त रुपमा अग्रता लिएका छन्।

         

सन गार्डेन बाङ्क्वेट , मेलाम्चि रोड शांखुमा आज सम्पन्न सबै खेलमा जीत दर्ता गर्दै काठमाडौंका सुमन लामा, सर्लाहीका कमल श्रेष्ठ, झापाका मिशन दहाल, भक्तपुरका दामोदर गाँइजू र काठमाडौंका सुरज सिंहले समान ४ अंक बटुलेका छन्। 

          

आज सम्पन्न चौथो चरणको खेलमा सुमनले हर्क बहादुर सांम्पाङलाई, कमलले जसवीर सेन्धन लिम्कुलाई, मिसनले गोपालकृष्ण श्रेष्ठलाई पन्छाउन सफल भएका छन्।  यसैगरी दामोदरले शिर्ष  खेलाडी जनार्दन श्रेष्ठलाई निरास पारे भने सुरजले भगवती प्रसाद शर्मा माथि जीत निकाले।

          

यस्तै प्रतिस्पर्धामा बनेपाका शैलेन्द्र न्यौपाने र शांखुका रमेशवीर माली द्वयले समान ३.५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगट्न सफल भएका छन्। रमेशवीरले चौथो चरणको खेलमा समयक श्रेष्ठलाई पराजित गरे।

       

कडा खेलका बिच ललितपुरका रत्न ब्यञ्जनकार, काठमाडौका जनार्दन  श्रेष्ठ ,हर्क साम्पाङ, काभ्रेका एक्स मार्सल,  काठमाडौ सुशन गौतम , गोविन्द प्रसाद पौडेल भक्तपुरका बृजेश रंजितकार सहित २४ जना खेलाडीले समान  ३ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन्। 

       

यस अघि शंखरापुर युवा क्लबका अध्यक्ष कृष्णभक्त श्रेष्ठको सभापतित्वमा भएको उदघाटन समारोह शंखरापुर नगरपालिकाका मेयर रोशन नापितले गर्नुभएको थियो। मेयरले बुद्धिचाल खेलको प्रतियोगिता नियमित श्रृंखला झैं चलिरहेको अभिव्यक्ति दिदै युवाहरुलाई सत् मार्गमा दोह्र्याउन मद्दत मिलेको बताए। 

       

कार्यक्रममा उप मेयर समिता श्रेष्ठ , नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, संयोजक कुमार महर्जन, प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाईजूले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका छन् ।

       

हाल बहुप्रचलित र्‍यापिड चेस विधा अन्तर्गत दुई दिने प्रतियोगितामा १९०० रेटिङ्ग मुनिका ४० जिल्लावाट १०४ जना खेलाडीहरुको सहभागीता रहेकोछ। जस मध्ये २० जना खेलाडीले बूल १ लाख २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।