काठमाडौं,सन गार्डेन बाङ्क्वेट , मेलाम्चि रोड शांखुमा २ हजार रेटिङ्ग मुनि सम्पन्न तेस्रो राष्ट्रब्यापी र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि शैलेन्द्र न्यौपानेले जितेका छन्। चर्चित खेलाडीको उपस्थिति रहेको प्रतिस्पर्धामा शैलेन्द्रले अपराजित रहँदै प्रथम स्थान हासिल गरेका हुन्।
यसैगरी नेपाल वोमेन च्याम्पियन १६५१ रेटेड काठमाडौकि सिन्दिरा जोशीले ४.५ अंक जोडेर महिला तर्फ प्रथम बनेकी छिन्। उनी पछि झापा दमककी १५६९ रेटेड नेशनल खेलाडी पुनम प्रसाईंले ४ अंक हासिल गर्दै वोमन द्वितीय र चेसपार्ककी १६५७ रेटेड शान्ति धिमाल ३.५ अंक बनाउदै तेस्रो भएकी छिन्।
शंखरापुर युथ क्लबको तेस्रो प्रस्तुति रहेको बुद्धिचाल प्रतियोगितामा खुल्ला तर्फका विजेता बनेपाका १८८१ रेटेड शैलेन्द्रले ८ जित र एक बराबरी खेल्दै ८.५ अंक जोड्न सफल भएका छन्। उनले २२३४ रेटिङ्गको खेल प्रदर्शन गरि आफ्नो ब्यक्तिगत ५८.४ रेटिङ्ग बढाउदै नगद २० हजार आफ्नो पोल्टोमा पारेका छन्।
स्पर्धामा २०२६ रेटिङ्गको खेल पस्केका १८२५ रेटेड कमल श्रेष्ठले एकल ७.५ अंक बनाएर दोश्रो स्थानमा उभिन सफल रहे । सर्लाहीका श्रेष्ठले ब्यक्तिगत ४३.४ रेटिङ्ग बढाउदै नगद १५ हजार पुरस्कार प्राप्त गरेका छन्।
स्वीस लिग डाइरेक्ट इन्काउन्टर र बुछोल्ज्स् नियम लागु गरिएको स्पर्धामा थापाथलि चेस पार्कका १८४२ रेटेड सुमन लामाले ७ अंक जोडेर तेस्रो स्थान ओगट्न सफल रहे। लामाले १९८२ रेटिङ्ग खेल पस्केर नगद १० हजार प्राप्त गरे।
प्रतिस्पर्धामा समान ७ अंक बनाएर काठमाडौंका १८७६ रेडेट सिएम भगवतीप्रसाद शर्मा चौथो, १७९५ रेटेड सुरज सिंह पाँचौ, बनेपाका १८३२ रेटेड राहुल चौ प्रधान छैटौं, शांखुका १७६४ रेटेड पूर्णनारायण अवाले सातौं स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेका छन्।
अन्तिम चरणमा विजेता संग पराजित भई ६.५ अंकमा सिमित भक्तपुरका १८०६ रेटेड दामोदर गाँइजू आठौं, शांखुका १७५५ रेटेड रमेशवीर माली नवौं र १७४५ रेटेड सन्देश श्रेष्ठ दशौं स्थानमा रहि खेल अन्त्य गरेका छन्।
शंखरापुर युथ क्लबको आयोजनामा भएको चेस स्पर्धामा विधागत पुरस्कार अन्तर्गत स्थानीय खेलाडी मध्ये जितेन्द्र श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र ज्ञानेन्द्र कुमार श्रेष्ठ क्रमशः उत्कृष्ट बन्न सफल रहे।
यस्तै उत्कृष्ट नव प्रवेशी भोजपुरका सन्तोष तामाङ, उत्कृष्ट सिनियरमा टोखाका १८३२ रेटेड आशानारायण लवट, उत्कृष्ट १८०० मुनी सिन्धुलिका रामहरि कार्की, उत्कृष्ट १६०० मुनि काडौंका आभाष तिवारी, ५ अंक जोडेका उत्कृष्ट युवा १६ प्रथम सिन्धुपाल्चोकका १६५३ रेटेड सम्यक श्रेष्ठ र पेभेलियन चेस एकेडेमीका शुभनदीप थापा द्वितीय घोषित भए।
यसैबीच शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले विजेता एवं उत्कृष्ट विधाका खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन्। आयोजक क्लबका अध्यक्ष कृष्णभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, संयोजक कुमार महर्जन, प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाइजूको उपस्थिति रहेको थियो।
बहुप्रचलित र्यापिड चेस विधा अन्तर्गत दुई दिने प्रतियोगितामा १९०० रेटिङ्ग मुनि ४० जिल्लावाट १०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो । जस मध्ये २० जना खेलाडीले कूल १ लाख २ हजार नगद पुरस्कार ग्रहण गरेका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ