भक्तपुर,नेपाल बुद्धिचाल महासंघको निर्धारित क्यालेण्डर प्रतियोगिता नेशनल बी चेस च्याम्पियनसिप मंगलबार देखि भक्तपुरमा शुरु हुने भएको छ। मंसिर १८ देखि २२ गते सम्म पाँच दिन सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको महासंघका सचिवालय सदस्य राजु ताम्राकारले जानकारी गराएका छन्।
भक्तपुर चुनदेवी स्थित अरनिको हाइवेमा अवस्थित होटल सिटि गाउँमाको सभाहलमा भोलि देखि शुरु हुने नेशनल बी चेस च्याम्पियनसिप अन्तर्गत खुल्ला प्रतिस्पर्धामा ४० जना र महिला तर्फ २० जना राष्ट्रिय खेलाडीले सहभागी जनाउने पक्का भएको छ।
नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगिताका विजयी शीर्ष १० स्थान प्राप्त गर्ने खेलाडीले अर्को महिना हुने २५ औं राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिला तर्फका शीर्ष १० स्थान प्राप्त गर्ने खेलाडीले १० औं महिला राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।
यस प्रतियोगितामा २४ औं राष्ट्रिय प्रतियोगितावाट चौथो स्थान देखि बाह्रौं स्थान प्राप्त गर्ने पुरुष तथा महिला खेलाडीहरुलाई आमन्त्रित खेलाडीका रुपमा सहभागी गराउने महासंघको प्रावधान रहेको छ। आमन्त्रित सम्पूर्ण खेलाडीको आवास तथा खानाको ब्यवस्थापन आयोजकले ब्यहोरिने छ।
जय अनुसार खुल्ला तर्फ झापाका प्रकाशचन्द्र नेपाल, काठमाडौंका पुरुषोत्तम सिलवाल, रौतहटका एफएम रुपेश जैसवाल, ललितपुरका सुरोज महर्जन, सिएम मिलन लामा, चेस पार्कका सुशील चौधरी, काठमाडौंका सिएम केशब श्रेष्ठ, प्रेमकृष्ण महर्जन र दोलखाका राजिव कार्की रहेका छन्।
यसैगरी महिला आमन्त्रित खेलाडी चेस पार्कका शान्ति धिमाल, काठमाडौंका रिया श्रेष्ठ, किर्तिपुरका विनिता कपालि, शुशीला गुरुङ, झापाका पुनम प्रसाईं, भक्तपुरका अंशुदिल प्रजापति, सबिना गुज:, प्राश्ना किवानायो र श्रेषा दुवाल रहेका छन्।
राष्ट्रिय बी प्रतियोगिताका संयोजक निरञ्जन प्रजापतिका अनुसार विजयी हुने पुरुष र महिला खेलाडी १० - १० जना राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै राष्ट्रिय च्याम्पियन बन्ने र ओलम्पियाड सम्मको वाटो तय गर्ने जानकारी गराएका छन्।
सूर्य बिनायक नगरपालिका प्रमुख प्रायोजक रहेको राष्ट्रिय बी प्रतियोगिताको उदघाटन नगर प्रमुख बासुदेव थापाले बिहान १०:३० बजे गर्ने कार्यक्रम तय भएको प्रजापतिले जानकारी गराएका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ