काठमाडौं, पुष्पसदन सेकेण्डरि वोर्डिङ्ग स्कूलको आयोजनामा सञ्चालन भइरहेको नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित यु ११, यु १३ र यु १५ अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्।
काठमाडौंको किर्तिपुर स्थित पुष्पसदन विद्यालय प्राङ्गणमा छात्रा तर्फ यु १५ समूह अन्तर्गत सिक्किम चेस एशोसियशन, भारतवाट प्रतिस्पर्धा गरिरहेका आभानिष प्रधानले उत्कृष्ट खेल प्रदर्शन गरि सत प्रतिशत जित दर्ता गर्न सफल भएका छन्।
भारतका आभनिष प्रधानले ५ अंग जोड्ने क्रममा क्रमश: आयन्स पौडेल, रेन्बो एकेडेमीका आर्यन पुन, गुरुकुलका स्पर्श सारावोगी, बज्र एकेडेमीका विभष जोशी र त्रियोग हाई स्कूलका सइस घिमिरेलाई पराजित गरेका छन्।
छात्रा तर्फको यु१५ प्रतिस्पर्धामा भारतका डेसियल ओङ्गमु भुटियाले ४.५ अंक जोडेर एकल अग्रता कायम गरेकि छिन्। उनले चौथो चरणको एकमात्र खेल हिमालयन चेस एकेडेमीका प्रज्ञा पन्त संग बराबरी गरेकी थिइन भने बाकी ४ जना प्रतिस्पर्धिलाई हराउन सफल भएकी छिन्।
यसै समूहमा आयोजक पुष्पसदन वोर्डिङ सेकेण्डरि स्कूलका सिवानि रिजाल र सबनम रिजाल द्वयले समान ४ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा उभिन सफल भएकि छिन्।
प्रतियोगितामा १३ वर्ष उमेर समूहको छात्र तर्फ पाठशाला सेकेण्डरि स्कूलका ओस्कार पन्थिले ५ अंक जोडेर एकल अग्रता कायम गरेका छन्।
पेभेलियन चेस एकेडेमीका उत्पादक ओस्कार पन्थिले क्रमश: हिल टाउन स्कूलका ओरने महर्जन, हिमालयनका आयन जोशी, जेनिश गुरुङ्ग र ज्ञानोदय बालवाटिकाका प्रविर केसि माथि जित दर्ता गरेका छन्। दोश्रो स्थान ओगटेका भारतीय निरभ ढकालले ४.५ अंक बनाएर छैटौं चरणको खेल पन्थि संग भेट पक्का गरेका छन्।
यसै समूहको छात्रा तर्फ बि एन एकेडेमीका विविशा तामाङ्गले पूर्ण ५ अंक बनाएर अग्रता कायम गर्न सफल भएकी छिन्। उनलाई भारतका मानस्वी आचार्य र मार्भेलस इङ्गिलस स्कूलका कृति रिजालले समान ४ अंक बनाउदै पछ्याइ रहेकी छिन्।
यसैगरी यु ११ छात्र तर्फ सूर्योदय सेकेण्डरि स्कूलका अग्रिम शैंजुले सबै खेल आफ्नो पक्षमा पार्दै समूहमा अग्रता बनाउन सफल भएका छन्। पेभेलियन चेस एकेडेमीका उत्पादक अग्रिम शैंजुलाई पछ्याउने क्रममा ग्रीनल्याण्ड स्कूलका सुलभ पन्थि र गोल्डेन पिक स्कूलका आयुष शर्माले समान ४.५ अंक जोडेर दोश्रो स्थानमा उभिएका छन्।
यता यु ११ छात्रा समूहमा मार्भलस इङलिस स्कूलका निहाना श्रेष्ठले सबै खेल जितेर ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल भएकी छिन्। हिमालयन चेस एकेडेमीको उत्पादक निहानाले क्रमश: रुबेर्सि चौलागाईं, नयुमा मगर, प्रशंसा चौधरी, ओजस्वी श्रेष्ठ र भारतका पालक अग्रवाल माथि जित प्राप्त गरेकी छिन्।
यसै समूहमा अन्नपूर्ण सेकेण्डरि स्कूलका ओजस्वी श्रेष्ठ, मार्भलसका सुहानी सिंह र सिक्किमका पालक अग्रवाल समान ४ अंकमा रहदै संयुक्त दोश्रो स्थानमा छन्।
यस संगै प्रतियोगिताका संयोजक एवं पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठले २४७ नेपाली विद्यार्थी र ११ जना सिक्किम चेस एशोसियशन, भारतको तर्फवाट सहभागी भएका प्रतिस्पर्धामा प्रत्येक समूहका विजेता खेलाडीलाई आकर्षक ट्रफि, गोल्ड , सिल्भर, ब्रञ्ज मेडल सहित प्रमाणपत्र प्रदान गरिने जानकारी गराएका छन्। उनका अनुसार ७ चरणको खेलका बाकी २ चरण भोलि हुनेछ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ