ललितपुर,लोक साँगितिक क्षेत्रका लोकप्रिय सर्जक, गायक तथा समाजसेवी मिठाराम केसी खत्रीको नयाँ लोक कोसेली ललितपुरको चिनारी-२ को रुपमा ' ललितपुरे दाइ' सार्वजनिक हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुरको आयोजनामा यही फागुन ३ गते शनिबारका दिन एक कार्यक्रमका बीच वरिष्ठ कवि तथा साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो लोकार्पण हुने भएको हो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुर शाखाका अध्यक्षसमेत रहेका केसीले ललितपुरे दाईमार्फत जिल्लाको भौगोलिक,सांस्कृतिक तथा पर्यटकीय विविधताका विविध पक्षहरुलाई गीतमार्फत उतारिएको जानकारी दिए । गीतमा मिठाराम केसीलाई सुनिता थेगिमले स्वरमा साथ दिएकी छन् । गीतको म्युजिक भिडियोलाई कृष्णभक्त महर्जनले निर्देशन गरेका छन् ।
पूर्व जनप्रतिनिधि समेत रहेका केसी लामो समयदेखी लोक सांगितिक क्षेत्रमा रही मौलिक कला संस्कृती एबम लोक संस्कृतिको क्षेत्रमा कृयाशील छन् । केसीका यसअघि ललितपुरको चिनारी, गल्ती नगर, नरोउ न्याउली, देउसीभैलो लगायत दर्जन बढी सांगितिक कोसेलीहरु बजारमा छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ