काठमाडौं,नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय निर्वाचन निर्देशन समितिका संयोजक मा. मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले संघको केन्द्रीय अधिवेशन यहि चैत १८ गते देखि २० गते सम्म काठमाडौंमा गर्ने तय गरेको छ।
काठमाडौंको केन्द्रीय कार्यालय बबर महलमा आज बसेको बैठकमा मा. मोहन बहादुर बस्नेतले नेपाली काँग्रेस पार्टीको विधान बमोजिम देशैभरिका इकाईमा सदस्यता वितरण गर्न निर्देशन गरेका छन्।
संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा आज बसेको पूर्ण बैठकवाट संघको विधानले निर्दिष्ट गरेका तहगत निकाय मार्फत प्रतिनिधि चयन गर्न कार्य तालिका समेत तय गरेको छ।
जस अनुसार वडा अधिवेशन फाल्गुण ८ गते देखि १३ गते, पालिका अधिवेशन फाल्गुण १४ देखि १७ गते सम्म, प्रदेश सभा ‘क’ र ‘ख’, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन फाल्गुण १८ देखि २४ सम्म, जिल्ला अधिवेशन फाल्गुण २५ देखि २९ गते सम्म, प्रदेश अधिवेशन चैत ८ गते, केन्द्रीय अधिवेशन चैत १८, १९ र २० गते सम्पन्न गर्ने तय गरेको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका सह प्रवक्ता राजु ताम्राकारले दिएको जानकारी अनुसार प्रत्येक वडा इकाई, प्रदेश ‘क’ र ‘ख’ हुदै क्षेत्रीय अधिवेशन मार्फत अनिवार्य १ महिला सहित ३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गरिने छ।
यसरी १६५ निर्वाचन क्षेत्रवाट सभापति पदेन केन्द्रीय प्रतिनिधि हुदा ५२० जना , जिल्ला सभापति ७७ जना, एक निर्वाचन क्षेत्र भएका ३५ क्षेत्रवाट १०५ जना, प्रदेश अध्यक्ष ७ जना, कार्यसमितिका १०२ जना, अध्यक्षले मनोनीत गरेका र ओलम्पियन २० जना सहित कूल ८३१ जना केन्द्रीय प्रतिनिधि विच नेपाल लोकतान्त्रिक संघको अधिवेशन हुने ताम्राकारले जानकारी गराएका छन्।
बैठकले नेपाल लोकतान्त्रिक खेलकुद संघका पदाधिकारी र सदस्यहरुलाई अधिवेशन सम्पन्न गर्न जिल्ला तथा प्रदेशमा खटाउने समेत निर्णय गरेका छन्। सबै ७७ जिल्ला अधिवेशनका लागि ५१ जना केन्द्रीय सदस्यहरुलाई जिम्मेवार प्रदान गरिएको छ।
केन्द्रीय समितिले कोशी प्रदेशमा अधिवेशन सम्पन्न गर्न सचिव मनिष जोशी, मधेश प्रदेशमा उपाध्यक्ष बृजेन्द्र हमाल, बाग्मती प्रदेशमा सचिव दुर्गाराज पाठक, गण्डकी प्रदेशमा सचिव राजु विक्रम थापा, लुम्बिनी प्रदेशमा महासचिव दिपक गुरुङ, कर्णाली प्रदेशमा प्रवक्ता दामोदर अर्याल र सुदुरपश्चिम प्रदेशमा कोषाध्यक्ष दशरथ रिसाललाई जिम्मेवारी प्रदान गरिएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ