सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ५ मंसिर २०८२ / Thursday, 20 November 2025

महाङ्काल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

प्रकाशित समय: बिहिवार, ०६ : ५९ बजे जेठ २ गते



महाङ्काल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

ललितपुर, महाङ्काल गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम एक विशेष समारोहका साथ सम्पन्न गरिएको छ। २०७९ बैशाख ३१ गते सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।

"स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता—हाम्रो प्रतिबद्धता" भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवीका, वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिका प्रमुख गणेश बहादुर केसीले स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयं सेविकाको मेहनतले गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको बताए।
 

उक्त कार्यक्रममा महिला स्वयंसेवीकाहरूलाई विशेष सम्मान गरिएको थियो। साथै गाउँपालिकाका सबै वडाहरूलाई समेत सम्मान गरिँदै खोप सुनिश्चितता अभियानमा उनीहरूको योगदानको कदर गरिएको थियो।

महाङ्काल गाउँपालिकाको स्वास्थ्य शाखा द्वारा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाले अब पूर्ण खोप सुनिश्चितता हासिल गरिसकेको घोषणा गर्दै आगामी दिनमा अझ दिगो र समावेशी स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरेको छ।