२३ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनले यति बेला समाजको सबै तह र तप्कासँगै सामाजिक सञ्जाल पनि निर्वाचन सामग्रीले रङ्गिएका छन् । राजनीतिक दल, नेता, कार्यकर्ता र उम्मेदवारसमेत सामाजिक सञ्जालमार्फत चुनावमा होमिएका छन् ।पहिलो चरणको चुनावमा प्रदेश ३, ४ र ६ का राजनीतिक दल चुनावमा होमिइरहँदा उम्मेदवार र उनका समर्थक चुनावको प्रचार सामग्रीको माध्यमका फेसबुक, ट्विटर, भाइबर, एसएमएस लगायतका नवीन प्रविधिको प्रयोग गरिरहेका छन् ।
वर्षमा एकदुई पटक मात्र राजनीतिक दलका वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल अपडेट हुने गरेकोमा चुनावी माहोल आरम्भ भएसँगै राजनीतिक दलहरूले आफ्ना गतिविधिलाई नियमित अपडेट गर्न थालेका छन् । निर्वाचनको मिति नजिकै आउन लाग्दा राजनीतिक दल र उम्मेदवार परम्परागत प्रचार शैलीभन्दा बढी सामाजिक सञ्जाल केन्द्रित भएका छन् ।
चुनावलाई लक्षित गर्दै राजनीतिक दलले फेसबुक पेजको लाइक बढाउन थालेका छन् । यसका अलावा चुनावी गीत युट्युबमा सार्वजनिक भइरहेका छन् । त्यसो त उम्मेदवारका समर्थक नेता, सर्वसाधारण, पत्रकार, सामाजिक कार्यकर्ताले समेत सामाजिक सञ्जालमा तस्बिर राखेर दलको प्रचारलाई अगाडि बढाइरहेका छन् । राजनीतिक दलका उम्मेदवारले समेत आफ्नो पार्टीको चुनाव चिह्नलाई आफ्नो तस्बिरसँग जोडेर र फेसबुक लाइभमार्फत भिडियो सन्देशमार्फत मत माग्न आफैँ सक्रिय रूपमा लागिपरेको गोरखापत्र दैनिकमा खबर छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ