सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ५ मंसिर २०८२ / Thursday, 20 November 2025

कोन्ज्योसोम गाउँपालिकाको ४५ करोडको बजेट, पुनर्निर्माण र कृषि प्राथमिकतामा

प्रकाशित समय: मगलवार, ०८ : २७ बजे असार १० गते



कोन्ज्योसोम गाउँपालिकाको ४५ करोडको बजेट, पुनर्निर्माण र कृषि प्राथमिकतामा

ललितपुर, कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४५ करोड ५९ लाख ७६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गाउँसभाको १६औं अधिवेशनमा अध्यक्ष कृष्णमान लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष राजन प्रसाद घिमिरेले बजेट प्रस्तुत गरेका थिए।

 

अध्यक्ष लामाले सीमित स्रोत र असीमित अपेक्षाबीच दिगो र प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिने बताए। प्रस्तुत नीति तथा कार्यक्रम आज बसेको गाउँसभाले पारित गरिसकेको छ भने बजेट असार १६ गते बस्ने बैठकमा छलफल गरी पारित गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ।

 

बजेटले बाढीपछिको पुनर्निर्माण, कृषि, पर्यटन र उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।