काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जानकारी दिएको छ ।
जसका कारण हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार, आज दिउँसो देशभरको मौसम साधरणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर मौसम बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ