ललितपुर, नेपाल शिक्षक सङ्घ महालक्ष्मी कार्यसमितिले महालक्ष्मी नगरपालिकामा विद्यालय प्रधानाध्यापकहरूको छनोट तथा नियुक्ति विधिसम्मत प्रक्रियामा नअपनाइएको भन्दै कडा आपत्ति जनाएको छ।
शिक्षक सङ्घका अध्यक्ष माधव चन्द र सचिव सोवाखर भुषालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमार्फत नगर प्रमुखलाई बुझाइएको ज्ञापनमा विगतदेखि नै प्रधानाध्यापक नियुक्ति ढिलासुस्ती, असन्तुलन र पक्षपातपूर्ण ढंगले हुँदै आएको आरोप लगाइएको छ।
ध्यानाकर्षण पत्रमा भनिएको छ,“वर्षौंसम्म विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्याएका, योग्य र सक्षम प्रधानाध्यापकहरूको तेजोवध गर्दै आफ्ना पक्षधरहरूलाई नियुक्त गर्ने कार्य नगरपालिकाबाट भइरहेको देखिन्छ। यस्तो कार्यले विद्यालयको शैक्षिक वातावरणमाथि गम्भीर प्रश्न उठाएको छ।”
शिक्षक सङ्घले विद्यालयहरूको नेतृत्व गर्ने जिम्मेवारी पाएका शिक्षा निर्देशक स्वयं शैक्षिक सुधारभन्दा पनि विद्यालयहरूभित्र द्वन्द्व सृजना गर्न उद्यत भएको भन्दै ती निर्देशकलाई समेत सचेत गराउन माग गरेको छ।
संघले नियुक्ति प्रक्रियामा निश्चित मापदण्ड, पारदर्शिता र निष्पक्षताको अभावले गर्दा आम शिक्षकहरूमा असन्तुष्टि र भ्रम उत्पन्न भएको जनाएको छ। साथै, विद्यालयको शैक्षिक, प्रशासनिक तथा सामाजिक मूल्याङ्कन नगरी गरिएको निर्णयले सुशासनमा प्रतिकूल असर पार्ने चेतावनी दिएको छ।
सङ्घले छनोट तथा नियुक्तिसम्बन्धी स्पष्ट कार्यविधि बनाई पारदर्शिता सुनिश्चित गर्न आग्रह गरेको छ। संघले ज्ञापनमार्फत चेतावनी दिँदै भनेको छ:
“यदि हाम्रो माग बेवास्ता गरियो भने, संघले जस्तोसुकै संघर्षका कार्यक्रम गर्न बाध्य
हुनेछ।”
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ