ललितपुर । ललितपुर महानगरपालिका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । मंगलबारबाट उनीहरु टाई , पि — क्याप, बेल्डसहितको खाकी रङको कोट र प्यान्टमा देखिने छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमबार नगरप्रहरीलाई क्याप (टोपी) लगाइदिएर पोशाक सार्वजनिक गरेका हुन् ।
महानगरप्रमुख महर्जनले यो पोशाकमा नगरप्रहरी स्मार्ट देखिएको बताए । स्मार्ट देखिएका नगरप्रहरीले नगरलाई स्मार्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारे ।उनले भने, —‘ नगरलाई स्मार्ट बनाउन नगर प्रहरीको भूमिका र काम महत्वपूर्ण हुन्छ, त्यसैले हामीले राम्रो छवि भएका र काम गर्न सक्ने व्यक्ति सिताराम हाछेथुँलाई नगरप्रहरीको नेतृत्व गर्न ल्याएका हौं । ’ नेपालको संविधानमा स्थानीय तहले नगरप्रहरीको व्यवस्था गर्न पाउने अधिकार छ ।
उक्त व्यवस्था अनुसार नियुक्त गरिएका ७२ नगर प्रहरी ललितपुर महानगरपालिकामा कार्यरत छन् । उनले महानगरलाई स्मार्ट बनाउन स्मार्ट सडक बत्ती, खुल्ला स्थानको संरक्षण गर्दै पार्क निर्माणको काम भइरहेको बताए ।
ललितपुर महानगर नगर प्रहरी प्रमुख सिताराम हाछेथुँले नगरप्रहरीको पहिलाको पोशाक भद्दा भएकोले नयाँ पोशाक ल्याएको बताए । उनले यो पोशाकमा नगरप्रहरी स्मार्ट देखिएको दाबी गरे । नगरप्रहरी नगरवासीको साथी, सहयोगी भएको बताउँदै नगरप्रहरीले हातमा लठ्ठी नबोक्ने जानकारी दिए ।
नगरप्रहरीलाई स्मार्ट बनाउन ग्रोब्रो क्यामेरा, स्टिल क्यामेराको व्यवस्था गरेको उनले बताए । कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नं १३ का वडा अध्यक्ष गणेश केसीको उपस्थिति थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ