ललितपुर । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
पार्टीका केन्द्रीय सहमहामन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा गोदावरी नगरपालिका कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। राणा यसअघि २०७० र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित भइसकेका छन्।
यसैगरी, ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेस महासमिति सदस्य प्रेमकृष्ण महर्जनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन्। महर्जन २०५४ सालमा तत्कालीन ललितपुर उपमहानगरपालिकाको उपमेयर पद तथा २०७४ सालमा बागमती प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए।
त्यस्तै, ललितपुर क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन्। श्रेष्ठ २०७९ सालको निर्वाचनमा बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार थिए।
मनोनयन दर्ता कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ