ललितपुर,नेपाली कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पार्टीका सह–महामन्त्री उदयशमशेर राणाको चुनावी प्रचार–प्रसारअन्तर्गत घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा एमाले र राप्रपाका नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
महाङ्काल गाउँपालिका वडा नम्बर २ का नेकपा एमाले युवा सङ्घका अध्यक्ष गजेन्द्र सिंगारसहित श्याम वाइबा, धर्म गोले, विवेक सिंगार र सुरेश वाइबा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। उनीहरूसँगै राप्रपा नेपालका काजी सिंगार पनि कांग्रेसमा प्रवेश गरेका छन्।
नवप्रवेशी नेता–कार्यकर्ताहरूले दक्षिण ललितपुरको विकास नेपाली कांग्रेसले मात्रै गरेको र भविष्यमा पनि कांग्रेसले नै विकास गर्न सक्ने देखेर आफूहरू कांग्रेसमा प्रवेश गरेको बताएका छन्।
कार्यक्रममा सह–महामन्त्री उदयशमशेर राणाले नवप्रवेशीहरूलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। उक्त अवसरमा नेपाली कांग्रेसका आमन्त्रित पूर्व केन्द्रीय सदस्य कबेलबहादुर लामा, बागमती प्रदेशका सह–महामन्त्री ऋषिराम घिमिरे, जिल्ला कार्यसमिति ललितपुरका कार्यवाहक सभापति सुदर्शन घिमिरे, महासमिति सदस्य खोमप्रसाद घिमिरे, ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुन्दर मानथिङ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ