ललितपुर,ललितपुर महानगरपालिकाको मंगलबजारमा अवस्थित २५ वर्ष पुरानो सार्वजनिक शौचालय पुनर्निर्माण गरिएको छ । सुविधासम्पन्न बनाइएको यो शौचालय लैंगिक तथा अपागंतामैत्री छ ।
ललितपुर महानगरपालिकाले एरोशान कम्पनीसँग सहकार्य गरे यो शौचालय बनाएको हो । विश्व शौचालय दिवसको अवसरमा यो शौचालयको बिहीबारबाट सुरु गरिएको हो ।
सार्वजनिक शौचालय भन्ने बित्तिकै फोहोर, दुर्गन्धित र अव्यवस्थित रुप जो कोहीको पनि दिमागमा आउँछ । तर, यो शौचालयले सार्वजनिक शौचालयबारे आम मानिसको मस्तिष्कमा रहेको छापलाई परिवर्तन गर्न सहयोग गर्छ ।
शौचालय जाँदा सिक्का लिएर जानु पर्छ । शौचालयको भित्तामा रहेको बक्समा सिक्का छिराएपछि शौचालयको ढोका खुल्छ । शौचालयमा प्रयोग गरिएको प्यान पनि विशेष किसिमको छ ।
उठ्न बस्न गाह्रो हुँदैन । ‘सार्वजनिक शौचालयमा कमोड सफा राख्न गाह्रो हुन्छ, त्यसैले प्यान नै राख्यौ’ एरोशानका प्रमुख प्रकाश अमात्यले बताए । शौचालयबाट बाहिर निस्कदा डिजिटल बोर्डमा हात देखाउनुपर्छ । त्यसपछि बाहिर निस्कन संकेत प्राप्त हुन्छ । त्यसपछि बाहिर निस्कन सकिन्छ ।
ट्वाइलेटको प्रयोगपछि हात धुनका लागि झोल साबुन र पानीको व्यवस्था गरिएको छ । चिसो हात सुकाउन ह्यान्ड ड्रायर राखिएको छ । त्यत्ति मात्रै कहाँ हो, यो शौचालयमा स्यानिटर प्याडको समेत व्यवस्था छ । ६ रुपैयाँ तिरेपछि प्याड प्राप्त गर्न सकिन्छ । प्रयोग भइसकेको उक्त प्याड विर्सजनको विशेष व्यवस्था गरिएको छ ।
शौचालयको औपचारिक शुभारम्भ कार्यक्रममा पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यो नमूना सार्वजनिक शौचालय भएको बताए । सार्वजनिक शौचालय स्मार्ट सहरको एउटा तत्व भएको बताउँदै मंगलबजारको जस्तै सार्वजनिक शौचालय महानगरको अन्य ठाउँमा समेत गर्ने उनले बताए । उनले महानगरपालिकाले मोवाइल शौचालय समेत भित्राउने बताए । उनले भने, ‘तीन वटा मोवाइल शौचालयहरु महानगरले ल्याइसकेको छ ।’ मोवाइल शौचालय जात्राहरुमा, पर्यटकीय स्थाल र धेरै मानिसको आवजजावत हुने ठाउँमा राखिने उनले बताए ।
मानिसको एरोसान सस्टेनेबल स्यानिटेसनका प्रमुख प्रकाश अमात्यले यो शौचालय पुनर्निर्माण गर्नका लागि करीब २५ लाख रुपैयाँ लागेको बताए । उक्त शौचालयबाट बायोग्याँस निकालिएको छ । उक्त ग्याँसबाट शौचालयका संचालकहरुले चिया खाजा पकाउँछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ