२३ वैशाख, काठमाडौं । गत वर्ष मार्च दोस्रो साता रसियन टेनिस सुन्दरी मारिया सारापोभाले निक्कै अप्रिय समाचार सुनिन्, प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन (डोपिङ) परीक्षणमा असफल भएको । त्यो समाचारलाई पहिलोपटक अन्तर्राष्ट्रिय मिडियामा समेत सारापोभा आफैंले सार्वजनिकसमेत गरिन् ।पाँच पटककी ग्रान्डस्लाम विजेता तथा पूर्व शीर्ष विश्व वरीयताकी सारापोभालाई त्यो समाचारले त्यति खेरै ठूलो झड्का दिएको थियो, जति बेला अन्तर्राष्ट्रिय डोपिङ एजेन्सी (वाडा) ले खेल जीवनबाट प्रतिबन्ध लाग्न सक्ने संकेत गरेको थियो । सारापोभा निक्कै कममध्येकी महिला टेनिस खेलाडी हुन्, जसलाई कोर्टभित्र र बाहिर उत्तिकै रुचाइएको छ । कोर्टभित्र र बाहिरको चर्चाले उत्तिकै व्यापकता पाएको छ ।
तर, आफ्नो जीवनकै उच्च फर्ममा रहेको बेला खेलबाटै प्रतिबन्ध लाग्न सक्ने समाचार र त्यसले आफ्नो प्रतिष्ठामाथि पुर्याउने क्षतिले सारापोभालाई ठूलै तनाव दिएको थियो । तै पनि उनले त्यो समाचारलाई सहजै लिइन् । असहज अवस्थाको सहज सामना गरिन् ।उनकै भनाइअनुसार सारापोभा आफ्नो सानो गल्तीले प्रतिबन्धसम्मको अवस्थामा पुगेकी थिइन् । सारापोभाले आफ्नो स्वास्थ्यको कारण पछिल्लो झन्डै १० वर्षयता मेलडोनियम नामक औषधि सेवन गर्दै आइरहेको बताएकी छिन् । मेलडोनियम शरीरमा रक्तसञ्चार प्रक्रिया सहज र नियमित गराउन प्रयोग गरिने औषधि हो ।
वाडाले सन् २०१४ मा मेलडोनियमलाई समेत प्रतिबन्धित औषधिको सूचीमा राखिदियो । त्यसको जानकारी खेलाडीहरूलाई समेत इमेलमार्फत दिइएको थियो । सारापोभा भन्छिन्, 'मैले त्यो इमेल हेर्दै नहेरी फालिदए ।' त्यसैले त उनले आफूले प्रयोग गर्दै आइरहेको औषधि प्रतिबन्धमा परेको थाहै पाइनन्, त्यसको प्रतिफल अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) ले उनलाई दुई वर्षको प्रतिबन्ध लगाइदियो ।उनको अपिलपछि इन्टरनेसनल कोर्ट अफ आर्बिट्रेसन फर स्पोटर्सले प्रतिबन्ध १५ महिनामा छोट्याइदियो । त्यसबेला सारापोभाले त्यो अवस्थालाई जसरी स्वीकार गरिन्, अन्तर्राष्ट्रिय टेनिस समुदायले उनको प्रशंसा गरेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--