ललितपुर, मलेसियामा रहेका युवाहरुको आर्थिक सहयोगमा बागमती गाउँपालिकाको गिम्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरीद गरी सहयोग गर्ने भएको छ ।
यातायातको सुविधाबाट वञ्चित भई अकालमा ज्यान गुमाउनु नपरोस् भनि मलेसियामा रहेका "ललितपुर गिम्दी प्रवासी युवा समाज मलेसिया ग्रुप"का संयोजक कृष्णबहादुर जर्घा मगरको विशेष अगुवाइमा गिम्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स किन्ने अभियान सुरु गरिएको थियो।
बागमती गाउँपालिका गिम्दी -७ घर भई प्रवासमा रहेका नेपालीको सहयोगमा खरिद गर्ने एम्बुलेन्स केही महिना भित्रै नेपाल आइपुग्ने संयोजक मगरले बताए। एम्बुलेन्स खरिदका लागि नौं लाख बयालिस हजार रुपैयाँ डिपोजिट गरि एम्बुलेन्स अडर गरि सकिएको तथा कमल बहादुर आलेमगर र दिपक घिमिरे समिरलाई यसको जिम्मा दिएको उनले बताए।
एम्बुलेन्स खरिदका लागि तीन चरण गरेर रु. १५,२८,९४९/-( प्रन्ध लाख अठ्ठाइस हजार नौ सय उनन्चास रुपैयाँ आर्थिक संकलन भएको जनाएको छ । अभियान संयोजक मगरले १,००,१११/- रुपैयाँ आर्थिक सहयोग गरि यो अभियान सुरु गरेका थिए। २०७७ साल असार १५ बाट सुरु गरिएको अभियान मंसिर १४ बाट पुर्ण रुपमा बन्द गरिएको छ। हालसम्म ३५ जना प्रवासी नेपालीले एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन्।
अबको २ महिना भित्र एम्बुलेन्स नेपाल आइपुग्ने र गाउँपालिकासँग समन्वय गरेर यस वर्ष भित्रै गिम्दी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने लक्ष्य राखिएको संयोजक मगरले जानकारी दिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ