सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

एकै घरका तीन उम्मेद्वार

..
प्रकाशित समय: सोमवार, ०३ : ५९ बजे बैशाख २५ गते



एकै घरका तीन उम्मेद्वार

सिन्धुपाल्चोक, वैशाख २५
आसन्न स्थानीय निकाय निर्वाचनमा एकै परिवारबाट एकै पदमा उम्मेद्वारी दिएका छन् । विषेशतः निर्वाचन नियमावली अनुसार दलित महिला सदस्य मनोनयन गर्नैपर्ने भएपछि एकै घरबाट उम्मेदवारी परेको हो ।
जिल्लाको त्रिपुरासुन्दरी गाँउपालीका वडा नं. ३, धुस्कुनमा नेपाली काङग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट खेलडाँडा टोलको मिन बहादुर नेपालीको घरबाट तीन जनाको उम्मेदूवारी परेको हो । नेपालीकी श्रीमती सानुमैया कांग्रेसबाट, बुहारी मानकुमारी (तारा)एमालेबाट र बुहारी गीताले राप्रपा उम्मेद्वारी दिएका हुन् ।
दलित समुदायमा अन्य घर परिवारको तुलनामा सो घरका सदस्यहरु सक्रिय रहेकाले उक्त एक घरबाट मात्रै तीन उम्मेदवारी परेको स्थानीय नारायण कार्कीले बताए ।