सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

बस दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु, २५ घाइते

..
प्रकाशित समय: बिहिवार, ०३ : १९ बजे बैशाख २८ गते



बस दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु, २५ घाइते

संवाददाता
सिन्धुपाल्चोक, वैशाख २८

चुनावका लागि मतदाता बोकेको बस दुर्घटना श्रीमा्न श्रीमतीको मृत्यु भएको छ । काठमाण्डौंबाट दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको खाडीचौरस्थित ३ किलोमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । घटनामा २५ घाइते छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दोलखा लामीडाँडाका ७६ वर्षिय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती रत्नकुमारी छन् । क्षमताभन्दा बढी यात्रु बोकेको बस सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । खाडीचौरमा उपचार सम्भव नहुने देखिएपछि गम्भीर घाइते भएका नौ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए । सो बस दोलखाको कालिञ्चोक नगरपालिका जान लागेको थियो । बसमा घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।