काठमाडौं,नेपालका विभिन्न जिल्लामा थप ९३६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
केही सातायता दैनिक हुने परीक्षणको सङ्ख्या घटे पनि काठमाण्डौ उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ। अहिले काठमाण्डौमा ३१० सहित उपत्यकामा ४३८ जनामा कोरोनाभाइरस फेला परे।
विगत २४ घण्टमा देशभरि ७,११७ जनाबाट सङ्कलित नमुनाको परीक्षण गर्दा ३५१ महिला र ५८५ पुरुषमा कोभिड-१९ पुष्टि भएको हो।
यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या साढे दुई लाख नाघेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ